News 24 Television
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा अस्टीनमा पिकनिक

काठमाडौँ । प्रवासी नेपालीहरुको हितोन्नति, हकहित, आपसी सम्बन्ध र सहयोगका लागि गठन भएको ग्रेटर अस्टीन नेपाली चेम्वर अफ कमर्शले अस्टीनमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध र भेटघाटका लागि पिकनिक कार्यक्रम  सम्पन्न गरेको छ ।

नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान सहित भेटघाटका लागि आयोजित पिकनिकमा विभिन्न क्षेत्रमा सहयोग पुराउने सहयोगिदाता, पत्रकार, स्वयंसेवक लगायत अस्टीनवासी नेपाली समुदायहरुको उपस्थिति रहेको थियो । 

e97cc3e4-50bc-4073-af33-92e0563a45cf-1777975661.jpg
विशुद्ध सामाजिक संस्था नेपाली चेम्वर अफ कमर्शले अस्टिनका अध्यक्ष सीपी पौडेल, वरिष्ठ उपाध्यक्ष महेश रेग्मी, उपाध्यक्ष अमृत मिश्र, महासचिव उद्वब खनाल लगायत सल्लाहाकार अजय बस्नेत, बोधराज घिमिरेको समन्वयमा आयोजित कार्यक्रममा करिब ८०० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।  

टेक्सासको राजधानी अस्टीन क्षेत्रमा ब्यापार ब्यवसाय गरी बसोवास गर्ने नेपालीहरुको अनुभव, सीप र जानकारीहरुको आदान–प्रदान गर्नु नै ग्रेटर अस्टीन नेपाली चेम्वर अफ कमर्शको प्रमुख उद्देश्य रहेकाे बताइएकाे छ । 

7d0becd5-b6a9-47a6-a302-9535e52b3ad0-1777975676.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update