News 24 Television
बिग्रियो बालेन र सुशीला सम्बन्ध, आमा सम्बोधन अस्वीकार !

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको विषयका कारण सरकार र न्यायालयबीच द्वन्द्व चर्किन खतरा बढिरहेको छ । यस्तोमा सर्वोच्चको कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमेत सरकारसँग आक्रोशित छिन् । उनले वरियताको चौँथो नम्बरको न्यायाधिश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएकोप्रति असन्तुष्टि जनाउँदै संविधानलाई नै विरुप पारिएको टिप्पणी गरिरहेकी छन् । सरकारको यो निर्णयकाविरुद्धमा सर्वोच्चमा मुद्धा समेत परेको छ । मुद्धाले उक्त निर्णय उल्ट्याउने आशासहति सपनाले न्यायको लडाईँ जारी रहेको समेत उद्घोष गरेकी  छन् । 

कायममुकायम प्रधानन्यायाधीश सपना मात्रै होइन, अन्य राजनीतिक दल र सरोकारवालाहरुले समेत सरकारको निर्णयप्रति आपत्ति जनाइरहेका छन् । यो निर्णयप्रति नेपाली काँग्रेस, नेकपा एमाले, श्रमसंस्कृति पार्टी तथा राप्रपालेसमेत विरोध गरेको छ ।

सुशीला कार्कीसमेत बालेनसँग रुष्ट !

सरकारको निर्णयप्रति न्यायलय, दलहरु मात्रै होइन, पूर्वप्रधानमन्त्री समेत रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले समेत विरोध जनाएकी छन् । बालेनकै प्रिय पात्र रहेकी सुशीलाले ३३औँ प्रधानन्यायाधीशकै नियुक्ति सम्बन्धमा खुला रुपमै आक्रोश पोख्न थालेकी छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधानमन्त्री हुँदा सुशीला कार्की र वर्तमान प्रधानमन्त्री बालेन शाहको सम्बन्ध सुमुधुर थियो । सो बखत सुशीला आँफै सार्वजनिक मञ्चबाट बालेन शाहको चारित्रिक गुनगान गाउँथिन् । तर अहिले भने दुई जनाबीचको सम्बन्धमा चिसोपना आएको देखिन्छ । शनिबार मात्रै एक कार्यक्रमबाट निस्कँदै गर्दा पत्रकारले आमा भनेर सम्बोधन गर्दा कार्की आक्रोशित सुनिइन् । जवाफमा उनले भनिन्, ‘तिमीहरूको आमा नै फेरिसक्यो । बालेनको श्रीमतीलाई आमा भन, अब । उनको यो अभिव्यक्तिमा बालेनप्रतिको आक्रोश प्रष्ट देखिन्छ । 

बालेनसँग सुशिला किन रुष्ट ? 

मुख्यतः प्रधानन्यायाधीको नियुक्ति वरियताक्रम अनुासार नभएको विषयमै सुशीला कार्की बालेन सरकारसँग रुष्ट भएकी छन् । तर आक्रोशको कारण यति मात्रै होइन, बालेन सरकारले अध्यादेश ल्याएर राजनीतिक नियुक्तिमार्फत सार्वजनिक पदधारण गर्नेहरु हटाउने कदमका कारण पनि सुशीला बालेनसँग रुष्ट भएकी हुन् । सुशीला कार्कीले नै विवादकाबीच राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्ति दिएका आदर्श श्रेष्ठ बालेन सरकारले ल्याएको अध्यादेशपछि पद मुक्त भएका छन् । 

यस्तै सुशीला कार्कीले नै तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन पनि सिफारिस गरेकी थिइन् । तर यो रिफारिस राष्ट्रपति कार्यालयले लामो समय रोक्यो । राष्ट्रपति रामचन्द्र पौडेलले नै नयाँ म्याण्डटबाट बन्ने सरकारको धारणा बुझेर मात्रै अघि बढ्ने निर्णय गरेर अर्यालको सिफारिस रोकेका थिए । तर यसपछिको बालने नेतृत्वको नयाँ सरकारले ओप्रकाशको सिफारिसलाई निरन्तरता दिएन । यो कारण पनि सुशीला बालेनसँग रुष्ट बन्न पुगेकी छन् । अर्कोतर्फ सुशीला कार्की भावी राष्ट्रपतिका लागि पनि चाहना व्यक्ति गरिरेको बताइन्छ । यस्तोमा वर्तमान सरकार उनीप्रति सकारात्मक नरहँदा सुशीला वर्तमान सरकारसँग रुष्ट हुन पुगेको दावी गरिन्छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update