News 24 Television
ओलीले फेरि बढाए सक्रियता, गुण्डुमा के पाक्दै छ ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी राजनीतिक सक्रियता बढाएका छन् । केपी शर्मा ओली गत फागुन २१ को निर्वाचनमा हालका प्रधानमन्त्री बालेन शाहसँग पराजित भए । यसपछि नयाँ सररकार गठन भएलगत्तै जेनजी आन्दोलन घटना जाँचबुझ गर्न बनेको समितिको प्रतिवेदनले सिफारिस गरे अनुसार ओलीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ ग¥यो । यसलगत्तै पत्थरी र हर्नियाको शल्यक्रिया गरेका उनी स्वास्थ्य लाभपछि फेरी राजनीति गतिविधिमा सक्रिय भएका हुन् । ओली चैत १३ गते अनुसन्धानका लागि पक्राउ परेकामा चैत २६ गते रिहा भए । तर यसपछि पनि अस्पताल उनी बैशाख ५ गते मात्रै डिस्चार्ज भएका थिए । यसपछि लगभग राजनीतिक गतिविधिमा निश्क्रिय नै रहेका उनी पछिल्लो सातादेखि फेरी राजनीतिक गतिविधिमा सक्रिया भएका छन् । 

पछिल्लो साता ओलीले को–को सँग छलफल गरे ?  
 
केपी शर्मा ओलीले यही बैशाख २२ गते नेकपा नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेको खुलेको छ । उनीहरुकोे भेटमा वाम एकतासँगै समसामयीक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ । यसको भोलिपल्ट बैशाख २३ गते ओली र नेकपा संयोजक प्रचण्डबीच टेलिफोन संवाद भयो । फेरी भोलिपल्ट अर्थात बैशख २४ गते ओलीले सुदुरपश्चिमका ११ प्रदेश सांसदलाई गुण्डु बोलाएर छलफल गरे । प्रदेश संसदीय दलका नेताको विवाद चर्किरहँदा सहमतिका लागि ओलीले सांसदहरुलाई गुण्डुमै बोलाएर छलफल गरेका थिए । 

त्यस्तै बैशाख २५ गते एमालेले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचे चयन भइन् । सचेतक चयनअघि पनि ओलीसँग अन्य नेताले पनि छलफल गरेका थिए । 

यस्तै आइतबार अर्थात हिजो पनि ओलीले युवा नेता अब्दुस मियाँसँग भेट गरेका छन् । भेटपछि मियाँले सार्वजनिक गरेको तस्बीरले अहिले राजनीतिक वृत्तमा हल्चल मच्चाएको छ । जुन तस्बीरमा ओलीको कुर्सीमा अब्दुस बसेका छन् । र, अर्को सामान्य कुर्सीमा ओली बसेका छन् । जुन तस्बीरका कारण ओलीले अब पार्टी नेतृत्व छाड्न तयार भएका त होइनन् ? भन्ने प्रश्न उब्जाएको छ । यस्तै आईतबार नै अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि करिब २ घण्टा भेटवार्ता गरेको बताइएको छ । 

नेतृत्व परिवर्तनप्रति ओलीको धारणा के छ ?

ओलीको पराजय र स्वास्थ्य कारण अहिले पार्टीका विभिन्न तहमा नेतृत्वबाट ओलीले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठिरहेका छन् । तर ओलीले अहिलेसम्म नेतृत्व छाड्ने कुनै ठोष संकेत गरेका छैनन् । यद्यपि आईतबार युवा नेता मियाँसँगको भेटमा खिचिएको तस्बीरले भने आफ्नो स्थानमा अब युवा पनि बस्नसक्ने भनेर प्रतिकात्मक सन्देश दिएको छ । उक्त तस्बीको आसन ओलीकै चाहना अनुसार भएको अब्दुसको वयान छ । यो कारण भने आली अब अध्यक्ष छाड्न तैयार भएका हुन कि भन्ने आशंका बढाएको छ । 

वाम एकताको तैयारी पनि तीव्र 

निर्वाचनमा कम्युनिष्ट दलहरु एकाएक पराजित हुँदा पछिल्लो समय वाम एकताको चर्चा चुलिएका छन् । ओली अस्पतालमै रहँदा प्रचण्डले भेटेको विषयले पनि वाम एकताको तैयारीको रुपमा चर्चा भयो । त्यसयता पनि बारम्बार दुई नेताबीच टेलिफोन सम्वाद भइरहनु र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ र ओलीबीचको भेटले पनि वाम एकता तैयारीबारे गरिएको आशंकालाई बल पु¥याएको छ । यो अर्थमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच नेतृत्व तहमा वाम एकताको प्रयास भइरहेको प्रष्ट छ ।

 तर मुख्यतः एमालेका दोस्रो तहका नेताहरु नै तत्काल पार्टी एकता गर्ने पक्षमा देखिँदैनन् । निर्वाचन लगत्तै वाम एकताको चर्चा हुँदा पार्टी उपाध्यक्ष विष्णु पौडेलले नै उक्त चर्चालाई असान्दर्भिक भनेर टिप्पणी गरेका थिए । यस्तै एमालेको कार्यकर्ता तहमा पनि पार्टी पराजयकोबीचमै वाम एकताको चर्चा गर्नु हतारो हुने बहस भइरहेको छ ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update