News 24 Television
नेपाल–भारत सरकारबीचको फौजदारी कानूनी सहायतासम्बन्धी सम्झौता संसदमा पेश

काठमाडौँ । सरकारले नेपाल–भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धि सम्झौता संसदमा पेश गरेको छ । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो सम्झौता सक्षा समक्ष पेश गरेका हुन् । नेपाल–भारतबीच २०८२ साल जेष्ठ ५ गते सो सम्झौता भएको थियो ।

कानूनमन्त्री गौतमले दुई मुलुकबीच फौजदारी अभियोगको अनुसन्धान, अभियोजनलगायतका न्यायिक विषयलाई कानूनी माध्यमबाट प्रभावकारी र सहज बनाउने मुख्य उद्देश्य राखी यो सम्झौता गरिएको बताइन् ।

उनले भनिन्, ‘दुई मुलुकबीच फौजदारी अभियोगको अनुसन्धान, अभियोजनलगायतका न्यायिक विषयलाई कानूनी माध्यमबाट प्रभावकारी र सहज बनाउने मुख्य उद्देश्य राखी यो सम्झौता गरिएको हो ।’

कानूनमन्त्री गौतमले सो सम्झौता संसदलाई जानकारी गराउन पनि सभामा पेश गर्नुपरेको स्पष्ट पारिन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update