News 24 Television
उत्तरदायित्व भुलेका ‘बालेन’, संसदमा मागियो राजीनामा !

काठमाडौँ । वर्तमान व्यववस्था अनुसार प्रधानमन्त्री जनताका प्रतिनिधिका पनि प्रतिनिधि हुन् । अझ नेपालको शासनपद्धति अनुसार प्रधानमन्त्री नै राज्यको कार्यकारी प्रमुख रहन्छन् । त्यसैले प्रधानमन्त्री संसद र जनताप्रति उत्तरदायी र जिम्मेवार हुनैपर्छ । नेपालको संविधान अनुसार कार्यकारी प्रमुखको चयन प्रतिनिधिसभामार्फत नै हुन्छ । तर प्रधानमन्त्री पनि सदनप्रति पूर्ण जिम्मेवार र जवाफदेही हुनैपर्छ ।  

यद्यपि यो जिम्मेवारीप्रति हालका प्रधानमन्त्री बालेन शाह लगातार गैरजिम्मेवार रहँदै आएका छन् । प्रधानमन्त्री बालेन शाहले बुधबार बस्ने संसदमा सरकारले ल्याएको ‘नीति तथा कार्यक्रम’माथि उठेका प्रश्नको जवाफ दिने भनिएको थियो । तर प्रधानमन्त्री बालेन अन्तिम समयमा आएर संसदमा नै अनुपस्थित भए । उनको साटो सदनमा अर्थमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय भयो । संसदमा प्रधानमन्त्रीको चरित्र, स्वभाव र नैतिकतामाथि पनि प्रश्न उठिरहेका छन् । यहीबेला प्रधानमन्त्री आफैले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन आँफै तयार नहुँदा अनेक बालेनमाथि अनेक शंका जन्मिाएको छ । यसकारण पनि संसदमा प्रतिपक्षीले प्रधानमन्त्री बालेनको खोजी गरेको थिए ।

संसदमा प्रधानमन्त्री बालेन शाहको खोजी मात्रै भएन, उनको ठाउँमा अर्थमन्त्रीले जवाफ दिने भन्ने सभामुखको घोषणापछि श्रम संस्कृति पार्टीले त प्रधानमन्त्री बालेन शाहको राजीनमा नै माग गरेका छन् । यसपछि संसदमा अझै हंगामा मच्चियो ।

प्रधानमन्त्री बालेन शाहको जवाफदेहीता अभावले संसदीय परम्परालाई समेत भत्काएको छ .। किनकी विगतमा नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ प्रधानन्त्री स्वयमले नै दिने परम्परा रहिआएको थियो । संसद सचिवालयले बैठकअघि सार्वजनिक गरेको संसदको कार्यसूचीमा प्रधानमन्त्री बालेन शाहले संसदमा जवाफ दिने भनेर पनि उललेख गरिएको थियो । तर अन्तिममा आएर बालेनले संसदको सूचीलाई नै अबमुल्यन गर्नुले झन अनुन्तरदायी र गैरजिम्मेवारीपना देखाएको छ । 

यसअघि सोमबारको संसद बैठकमा पनि राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सदन बीचैमा छाडेर निस्किएको भनेर प्रधानमन्त्रीको कर्को आलोचना भएको थियो । यहीबीच बालेन शाहले बुधबार पनि संसद्मा अनुपस्थिति जनाउनुले उनीमाथि थप आशंका र प्रश्न बढाएको छ । 

समितिप्रति पनि अनुत्तरदायी बालेन

प्रधानमन्त्री बालेन शाहले संसदमा आँफै उभिएर जवाफ नदिएको विषयले मात्रै उनीमाथि जावफदेहीताको अभावको प्रश्न उठेका होइनन् । प्रधानमन्त्री बालेन आफ्नै पार्टीका विभिन बैठकमा पनि अनुपस्थित रहँदै आएका छन् । रास्वपाले आफ्ना सांसदलाई दुई दुई पटक संसदीय अभ्यास र शैलीबारे अभिमुखिकरण गरेको छ । तर बालेन अहिलेसम्म कुनै पनि अभिमुखिकरण कार्यक्रममा सहभागी भएका छैनन् । 

यो त पार्टीको आन्तरिक विषय हो । तर उनी मिनी संसद मानिने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमासमेत दूई दुई पटक अनुपस्थित रहे । जुन विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहसँग विपक्षी दलहरु असन्तुष्ट छन् । 

बालेन गत सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित नभएको विषयलाई नै लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त बैठक नै बहिस्कार गरेको थियो । प्रधानमन्त्री बालेन शाह हाल गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । 

गृहमन्त्री राज्य व्यवस्था तथा सुशासन समितिप्रति पूर्ण उत्तरदायी र जवाफदेही हुनुपर्दछ । तर प्रधानन्त्री बालेन शाह भने दुई दुई पटक उक्त समतिको बैठकमा गयल भए । बालेनको यो चरित्रसँगै उनी लोकतान्त्रिक  व्यवस्थालाई नै अस्वीकार गर्ने पक्षमा त छैनन् ? के बालेन सर्वसत्तावाद र अधिनायकवादलाई नै पश्रय दिने पक्षमा त छैनन् ? भन्ने गम्भीर प्रश्न जन्माइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update