News 24 Television
लिलाराज काम्बाङको नयाँ  गीत ‘मेरो खबर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सामाजसेवी तथा गीतकार लिलाराज काम्बाङको नयाँ गीत ‘मेरो खबर’ सार्बजनिक भएको छ। बेलायत निवासी समाजसेवि तथा स्रस्टा काम्बाङको सो नयाँ गीत बिमला खजुम लिम्बू यु ट्युब च्यानल मार्फत भर्खरै सार्बजनिक गरिएको गीतका रचनाकार काम्बाङले बताए। नारी तथा महिलामाथि हुने हिंसा र शारीरिक शोषणका विरुद्ध आवाज सो गीतमा उठाइएको गीतकार काम्बाङको भनाइ छ।

गीत शंकर थापा ‘स्माइल’ले कम्पोज गरेका हुन् भने  शान्ती श्री परियारले स्वर दिएका छन। याङवरूप मिडिया प्रालिद्वारा संचालित याङवरूप एफ.एम.का संस्थापक सदस्य तथा समाजसेवि, बुद्धिजीवी ब्यक्तिव कलाकार तथा संगितकार याङवरक ५ पाँचथर  निवासी हाल वैदेशिक रोजगारको शिलसिलनमा वेलायतमा रहेका काम्वाङले समाजमा घट्ने नारी हिंसा र शारीरिक शोषणका विरुद्धजनचेतना फैलाउन सो गीत तयार बनाइएका हुन।​

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update