News 24 Television
वान रन अन्तर्राष्ट्रिय हाल्फ म्याराथन सम्पन्न

काठमाडौं । पाटन दरबार क्षेत्र बाट सुरु भएको वन रन इन्टरनेश्नल हाफ म्याराथन सम्पन्न भएको छ । जेठ ९ गते यो म्याराथन विश्वका ३७ देशका ११२ भन्दा बढी सहरमा एकैदिन आयोजना गरिएको थियो । यो प्रतियोगिता नेपालमा एन.आर.एस स्पोट्र्स फाउन्डेसनले आयोजना गरेको हो। 

2-1779594744.jpg
दौडमा हाफ म्याराथन, १० किमी, ५ किमी र १ किमी विधामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी भएका थिए। प्रतियोगिताको रुट मंगलबजार, पुल्चोक, जावलाखेल, सातदोबाटो, बल्खु, कलंकी हुँदै पुनः कृष्ण मन्दिरमा आएर टुंगिएको थियो।

4-1779594772.jpg
नेपालसहित बहराइन, बंगलादेश, बेलारुस, ब्राजिल, कतार, चीन, इजिप्ट, भारत, जोर्डन, किर्गिस्तान, मलेसिया, पाकिस्तान, साउदी अरेयिबा, सर्बिया, ताजिकिस्तान, चिलि, लेबनान, आर्मेनिया, ट्युनिसिया, भेनेजुएला लगायत ३८  भन्दा बढी देशका करिब २ लाख ५० हजार धावक सहभागी हुँदा नेपालबाट मात्रै १२०० भन्दा बढी धावक सहभागी भएका थिए। वन रन इन्टरनेश्नल हाफ म्याराथन दुई पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश भैसकेको छ । 

3-1779594937.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update