News 24 Television
दक्षिण एसियामै पहिलो ‘ट्राइब काठमाडौं’ सञ्चालनमा आउने, सब्रिना होटल लिमिटेड र एकोरबीच सम्झौता

काठमाडौं । सब्रिना होटल लिमिटेडले विश्वप्रसिद्ध फ्रान्सेली होटल समूह एकोर (Accor) को लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ नेपाल भित्र्याएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित गणेश चोकमा निर्माण गरिएको होटल अब ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने भएको हो ।

press-met-1779695682.jpeg
सब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको नयाँ दिल्लीमा गत साता सम्झौता भएको थियो । सोही विषयबारे जानकारी दिँदै शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि कम्पनीले 'ट्राइब'सँग सहकार्य गरेको औपचारिक घोषणा गरेको हो । कम्पनीका अनुसार यो ट्राइब ब्रान्डको दक्षिण एसियामै पहिलो परियोजना हो ।

tribe-5-1779695700.jpeg
सब्रिना होटलका अध्यक्ष निराजन थापाले नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा खुसी लागेको बताए । उनले काठमाडौंमा आधुनिक डिजाइन, आरामदायी सेवा र समुदायलाई जोड्ने आतिथ्य क्षेत्रको माग बढ्दै गएको उल्लेख गर्दै ट्राइबले नयाँ अनुभव दिने विश्वास व्यक्त गरे ।

tribe-3-1779695719.jpeg
हाल होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने काम भइरहेको छ । स्तरोन्नतिपछि होटलमा ११० कोठा, तीनवटा रेस्टुरेन्ट, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा र जिमलगायत सुविधा रहनेछन् । होटलको रुफटप रेस्टुरेन्ट काठमाडौंकै ठूलोमध्ये एक हुने बताइएको छ ।

tribe-2-1779695736.jpg
रणनीतिक रूपमा अवस्थित होटल काठमाडौं विमानस्थलबाट करिब ७ किलोमिटर दूरीमा रहेको छ, भने पर्यटकीय क्षेत्र ठमेल र शिवपुरी राष्ट्रिय निकुञ्ज नजिक पर्नेछ । कम्पनीले निकट भविष्यमा आईपीओ निष्कासन गर्ने तयारी समेत गरेको जनाएको छ ।

tribe-7-1779695751.jpeg
tribe-6-1779695883.jpeg
 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update