News 24 Television
उर्जा बचत गर्ने एलजीको स्मार्ट एसी

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले नेपालमा नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गरेको छ । कम्पनीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा काठमाडौंमा मंगलवार आयोजित विशेष कार्यक्रममा ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त नयाँ एसी श्रृंखला सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नयाँ प्रविधिले प्रयोगकर्तालाई विद्युत् खपत व्यवस्थापन गर्न सहयोग गर्नेछ । प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार विद्युत् प्रयोगको सीमा निर्धारण गर्न सक्ने, वास्तविक समयमै खपत अनुगमन गर्न सक्ने तथा अत्यधिक विद्युत् प्रयोगबारे सूचना पाउने सुविधा उपलब्ध हुने बताइएको छ ।

db44c40d-390b-4504-8f70-317845c43b23-1779797705.jpg
डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको यो एसीले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्ने तथा ४० प्रतिशत छिटो चिस्यान प्रदान गर्ने दाबी एलजीले गरेको छ । ‘फ्रिज क्लिन’ सुविधामार्फत एसीभित्र जम्मा हुने धुलो र ब्याक्टेरिया सफा गरी स्वच्छ हावा प्रवाह सुनिश्चित गरिने कम्पनीले जनाएको छ ।

नेपालको मौसम र विद्युत् अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको एसीमा गोल्ड फिन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री सञ्चालनजस्ता सुविधा समावेश गरिएको छ । कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरब हमालले ऊर्जा दक्षता र स्मार्ट प्रविधिमार्फत नेपाली उपभोक्तालाई सहज र किफायती समाधान प्रदान गर्ने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update