News 24 Television
बजेटमा खेलकुदः १० फुटबल रंगशाला र ८ क्रिकेट स्टेडियम बनाइने, एआईमा व्यापक लगानी !

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार आर्थिक बर्ष २०८३\०८४ को बजेट प्रस्तुत गरे । संसदको दुवै सदनको संयुक्त बैठकमा वाग्लेले भाषण गरेको बजेटमा खेलकुद क्षेत्रले आंशिक स्थान पायो । क्रिकेट र फुटबललाई प्राथमिकतामा राखिएको बजेटमा केहि नयाँ प्रयोग गर्न खोजिएको छ । यस्तै, संचार क्षेत्रमा पनि सरकारले ध्यान दिएको छ ।  

अर्थमन्त्री स्वर्णीम वाग्लेले संसदको रोस्टमबाट खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड छुट्याएको घोषणा गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले खेलकुदलाई उच्च प्राथमिकता दिने अनुमान गरिएपनि बजेटलाई मध्यमा मान्न सकिन्छ । 

शिक्षामन्त्री सस्मित पोखरेल मातहातमा रहेको खेलकुदमा फुटबल र क्रिकेटलाई उच्च प्राथमिकता दिइएको छ ।

खेलकुद क्षेत्रका लागि के के घोषणा गरियो ? 

–आगामी तीन बर्ष भित्र कम्तिमा ८ हजार दर्शक क्षेमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइट सहितको स्तरोन्नती गर्ने । 

–प्रमुख ८ शहरमा ५ बर्ष भित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने ।

–विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल सुर्खेत र धनगढी फाप्लामा कम्तिमा दुई हजार क्षेमताको इन्डोर मल्टीप्रपोज स्टेडियम आगमी तीन बर्ष भित्र निर्माण गर्ने ।

–मुलपानि क्रिकेट संगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटि तयार गर्ने ।

–खेलकुदमा विशेष रुचि र क्षेमता भएका विद्यार्थीलाई विद्यालय स्तरबाट छनोटगरी आवसीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउने ।

–अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश पछि सम्मानजनक जिवन जिउनेगरी आजिवन स्वास्थ्य उपचारको व्यवस्था गर्ने ।

साथै, सुर्खेतमा १० औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित ११ औँ खेलकुद पुर्वाधार निर्माण गर्न बजेटको व्यवस्था गरिएको छ । 

सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट

अथमन्त्री स्वर्णीम वाग्लेले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेका छन् । नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत सेयर राखि बाकी सेयर पुष मसान्त भित्र जनस्तरमा विक्रि गरिने भएको छ । 

त्यसबाट प्राप्त रकमबाट नेपाललाई टेक हब बनाइने घोषणा गरिएको छ । विदेशमा लगानी गर्न खुल्ला गर्ने, रिमोट वर्कलाई आकर्षित गर्न, डिजिटल सार्वजनिक पुर्वाधार लगानी, नागरिक एमा दर्जनौ सरकारी सेवा आवद्ध गराइने भएको हो । 

साथै, काठमाडौँको स्वीटाचारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने र त्यसबाट हजारौँ रोजगारी स्थापना हुने विश्वास सरकरो छ ।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update