News 24 Television
बजेटबारे नीजि क्षेत्रले के भन्यो ? सरकार महत्वकांक्षी बनेको दाबी

काठमाडौं । सरकारले ल्याएको बजेटबाट नीजि क्षेत्रले उत्साहित बनेको छ। बजेटले महत्वकांक्षा बोकेपनि कार्यान्वयनको पक्ष हेरेर थप प्रतिक्रिया दिन ठिक हुने जिकिर गरिरहेको छ। यता, बजेटबाट उत्साह थपिएको भन्दै नीतिगत विषयले सहजता प्राप्त हुने नीजि क्षेत्रले विश्वास लिएको जनाएको छ । 

सरकारले बजेटमार्फत करका दर घटाउन खोजेको भन्दै नीजि क्षेत्र उत्साहित बनेको दाबी गरिएको छ। समग्रमा बजेट सुन्दा उत्साहित बनेको जिकिर गरेको नीजि क्षेत्रले विस्तृत अध्ययनपछि थप भन्न सकिने जिकिर गरेको छ। यसमा नीजि क्षेत्रले बजेटलाई कसरी लिएको छ त? हेरौं उनीहरुको प्रतिक्रिया ।

विगतमा राजनीतिक स्थिरता नहुँदा नीजि क्षेत्रले सरकारबाट स्थिरताको अपेक्षा गर्न नसकिने अवस्थाबाट यो पटक नयाँ दिशातर्फ लागिएको नीजि क्षेत्रको जिकिर देखिन्छ। उनीहरुले सरकारले गम्भिरतापूर्वक लिने र आर्थिक क्षेत्रलाई चलायमान बनाउने काममा तीब्रता दिने विश्वास समेत गरेको देखिन्छ ।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update