News 24 Television
बाँझो जग्गामा हरियालीः फेरिँदै पैंयुँको मुहार

काठमाडौं । पर्वतको पैयु गाउँपालिका वडा नं ५ भुर्तेलथोकमा बाँझो  खेतबारीलाई फडानी गरेर पुन कृषि खेति गर्न सुरु गरिएको छ । स्थानीय कृषकहरुको सामुहिक प्रयासमा बाझा र जंगलमा परिणत भएका खेतबारीमा बिभिन्न प्रकारका खेतिपाति गर्न सुरु गरिएको छ । भुर्तेलथोक भञ्याङ, देउराली, भोटेखर्कदेखि भुसालथोक गाउँका कुषकहरुको समुहले कृषि खेति सुरु गरेको हो ।

पर्वतको पैंयु गाउपालिका वडा न ५ भुर्तेलथोकमा शिद्दबाबा नमुना कृषि सहकारी मार्फत सञ्चालित उर्जाशील कृषि समूहले विगत लामो समयदेखि बाँझो रहेको खेतियोग्य जग्गालाई फडानी गरेर पुनः खेति गर्ने अभियान संचालन गरेको छ । बढ्दो बसाइसराई र बाँदर आतंकपछि बाँझिएर जंगलमा परिणत भएका बारीहरुमा सामुहिक खेती प्रणाली शुरु गरिएको छ । 

सिद्धबाबा नमुना कृषि सहकारी मार्फत सञ्चालित उर्जाशील कृषि समूहले बाझो खेतबारीमा खेतिपाती गर्न सुरु गरेको हो । यो समूहमा भुर्तेलथोक भञ्ज्याङ, देउराली, भोटेखर्कदेखि भुसालथोक गाउँका कुषकहरु सहभागिता छन् । अब एकिकृत रुपमा कुषि खेति गरेर पुराना खेतियोग्य जमिनलाई फेरि पुरानै अवस्थामा ल्याउने कृषकहरुको योजना छ । 

वैदेशिक रोजगारी , बसाइँसराइ र बाँदर आतंकका कारण यहाँका सयौँ रोपनी खेतीयोग्य जमिन झाडी र बुट्यानमा परिणत भएका थिए । तर शिद्धबाबा नमुना कृषि सहकारी मार्फत सञ्चालित उर्जाशील कृषि समूहको सामूहिक सक्रियतामा अहिले सोही बाँझो जग्गा फँडानी गरेर कृषि क्रान्ति सुरु भएको छ ।
गाउँका कृषकहरु आबद्ध यस समूहले पहिलो चरणमा ठुलो क्षेत्रमा फैलिएको झाडी सफा गरेका थिए । लामो समयदेखि जमिन बाझिएकाले सुरुमा झाडी फाँड्न र माटो पल्टाउन निकै चुनौती थियो । तर, उर्जाशील कृषि समूहका सदस्यहरुको निरन्तरको मेहनत र उत्साहले अहिले सो ठाउमा खेतिपाति सुरु भएको छ । बाँझो जमिनमा हाल अदुवा, खुर्सानी जस्ता खेति लगाइएको छ । 

पैंयुँ गाउँपालिका वडा नं ५ भुर्तेलथोकमा बाँझो जग्गा फँडानी गरेर सुरु गरिएको यो खेती जिल्लाका अन्य पालिका र गाउँहरुका लागि पनि एउटा अनुकरणीय र प्रेरणादायी उदाहरण बनेको छ ।

शिद्धबाबा नमुना कृषि सहकारी र उर्जाशील कृषि समूह गरेको स्थानीय प्रयासलाई राज्यले राष्ट्रिय स्तरमै फैलाउन आवश्यक रहेको छ। यो प्रयासले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरुलाई स्वदेशमै, आफ्नै माटोमा केही गर्न सकिन्छ भन्ने ठुलो आत्मविश्वास र हौसला जगाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update