काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह सरकारप्रति उत्तरदायी नै रहको स्पष्ट पारेका छन् ।
मंगलवार बसेको मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले आईतवारमात्रै सदनमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उनकाे भनाइ छ । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय भएको उनले बताए ।
प्रवक्ता पोखरेलले भने, ‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय हो । नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । त्यसैले आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको छ ।’
उनले नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको पनि बताए । आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको बताए ।
