काठमाडौं । फिफा विश्वकप सन् २०२६ आउन अब ८ दिन मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाको संयूक्त आयोजनामा जुन ११ बाट प्रतियोगिता सुरु हुँदैछ । विश्वकप खेल्ने ४८ राष्ट्रले अन्तिम तयारी गरिरहेका छन् ।
फिफा विश्वकप सन् २०२६ को उपाधी कसले उचाल्ला ? अर्जेन्टिना, फ्रान्स, स्पेन, ब्राजिल की पोर्चुगल ? वा अन्य कुनै ? हामी उपाधी उचाल्न सक्ने सम्भावित टोलीबारे चर्चा गरिरहेका छौँ । आज हामी उपाधी दाबेदार टोली फ्रान्सको चर्चा गर्दैछौँ ।
आधुनिक विश्व फुटबलका युवा स्टार केलिएन एमबाप्पेको कप्तानीमा २६ सदस्यीय फ्रान्सको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले अनुभवी र युवा खेलाडी माथि विश्वास र भरोसा जगाएका छन् ।
साविक उपविजेता फ्रान्सले अहिलेसम्म दुई पटक फिफा विश्वकपको ट्रफि उचाल्न सफल भएको इतिहास छ । पहिलो उपाधी सन् १९९८ र दोस्रो सन् २०१८ । समुह ‘आई’मा परेको फ्रान्स तेस्रोपटक विश्वकप ट्रफि चुम्ने लक्ष्यमा छ ।
सुरुमा फ्रान्सको टोली कस्तो छ ?
गोलरक्षक
माइक मैगनन, ब्रिस साम्बा र रोबिन रिसर
डिफेन्डर
लुकास डिग्ने, मालो गुस्टो, लुकास हर्नान्डेज, थियो हर्नान्डेज, इब्राहिमा कोनाटे, जुल्स कौंडे, म्याक्सेन्स ल्याक्रोइक्स, विलियम सलिबा, डेओट उपमेकानो
मिडफिल्डर
एनगोलो कान्टे, मनु कोने, एड्रियन राबियोट, ओरेलियन चाउमेनी, वारेन जाइरे–एमेरी
फरवार्ड
केलियन एमबाप्पे (कप्तान),ओस्माने डेम्बेले, म्याग्नेस अक्लिउचे, ब्राडली बारकोला, रायन चेर्काे, डिजायर डुउ, जीन–फिलिप माटेटा, माइकल ओलिसे, मार्कस थुराम
विश्वकपमा फ्रान्सले समुहचरण खेल्ने खेलहरु
फ्रान्सको पहिलो खेलः सेनेगल विरुद्ध
मितिः २०८३ असार ३ गते, बुधबार
समयः बिहान १२ः४५ बजे (असार २ गते मङ्गलवारको मध्यरातपछि)
स्थानः न्यु जर्सी, अमेरिका
फ्रान्सको दोस्रो खेलः इराक विरुद्ध
मितिः २०८३ असार ९ गते, मङ्गलवार
समयः बिहान २ः४५ बजे (असार ८ गते सोमबारको मध्यरातपछि)
स्थानः पेन्सिलभेनिया, अमेरिका
फ्रान्सको तेस्रो खेलः नर्वे विरुद्ध
मितिः २०८३ असार १३ गते, शनिबार
समयः बिहान १२ः४५ बजे (असार १२ गते शुक्रबारको मध्यरातपछि)
स्थानः म्यासेचुसेट्स, अमेरिका
फ्रान्सको बलियो पक्ष के ?
१. तुफानी फरवार्ड लाइन,
साविक उपविजेता टोली फ्रान्स सबै हिसाबले पुर्ण टोली देखिएको छ । विशेषगरी यो टोलीको बलियो पक्ष, रक्षापंक्ती, मिडफिल्ड र फरवार्ड लाइन हो ।
कप्तान एम्बाप्पे, डेम्बेले र युवा स्टार माइकल ओलिस जस्ता तीव्र गतिका खेलाडीको काउन्टर–अट्याकमा विपक्षी डिफेन्सलाई क्षणभरमै ध्वस्त पार्न सक्ने खुबी छ । यो कम्बो फरवार्ड लाइन रोक्न विपक्षी टोलीलाई हम्मेहम्मे पर्नेछ ।
२.अनुभव र युवाको मिश्रण,
साथमा मिडफिल्डर कान्टे विपक्षी टोलीको बल खोस्न र पास मिलउन माहिर छन् । यीनै हतियारको बलमा फ्रान्समा तस्रोपटक च्याम्पियन बन्न दौडमा छ । अनुभवी र युवा खेलाडीको कम्बिनेसन अर्का बलियो पक्ष हो ।
३.चट्टान जस्तो रक्षापंक्ती,
अर्काेतर्फ फ्रान्सको चट्टान जस्तो रक्षापंक्तीले विपक्षी फरवार्ड लाइन दोस्त हुने देखिन्छ । आर्सनलका विलियम सलिबा र बायर्न म्युनिखका डायोट उपामेकानो जस्ता विश्वस्तरीय सेन्टर ब्याकहरूका कारण फ्रान्सको डिफेन्स टट्टान जस्तै छ ।
कमजोर पक्ष के ?
१.स्टार बन्ने होडबाजी
कतार विश्वकपमा उपविजेतामा चित्त बुँझाउँदा अर्जेन्टिना संग एक्लै लडेर विश्वलाई देखाइदिएका कप्तान्न एम्बाप्पेले ह्याट्रिक गरेका थिए । यो पटक आफ्नै बलबुतामा उनी फ्रान्सलाई च्याम्पियन बनाउन चाहान्छन् ।
अर्का स्टार डेम्बेले पनि आफ्नै जादु प्रयोग गर्ने धुनमा हुनेछन् । पिएसजीलाई यूसीएल च्याम्पियन बनाउन नायकी भुमिका खेलेका उनी आफ्नै क्षेमतामा विश्वकप जिताउने रणनीतिमा हुने देखिन्छ । फ्रान्सको टोली यसैमा फस्न सक्छ ।
२.प्लान ‘बी’ को कमी
फ्रान्सको टोलीमा थुप्रै स्टारहरू छन् । तरपनि फ्रान्स मुख्य खेलाडी एम्बाप्पेकै भरमा छ भन्दा फरक नपर्ला । उनीमै निर्भर हुँदा विपक्षी टोली हाबी हुनसक्छ र म्याच फस्ने देखिएको छ । एम्बाप्पेलाई विपक्षीले रोकेको खण्डमा टोलीको प्लान बी कमजोर देखिन्छ ।
दुई उपाधि–दुई नायक !
फान्सले विश्वकप इतिहासमा सन् १९९८ र दोस्रो सन् २०१८ गरी दुई पटक विश्पकप उचाधी उचाल्न सफल भएको छ । पहिला उपाधी उचाल्दा लेजेण्ड जिनेदिन जिदान नायक बनेका थिए ।
आफ्नै देशमा भएको उक्त विश्वकपमा जिदानले फाइनल ब्राजिललाई ३–० गोल अन्तरले पराजित गर्दा एक्लै २ गोल गरेका थिए । रोचक कुरा के भने उतिबेला टोलीको कप्तानी हालका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प नै थिए ।
दोस्रो पल्ट विश्वकप उपाधी उचाल्दा अहिलेका कप्तान केलियन एमबाप्पे चम्किए । फाइनलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दा एक गोलको योगदान दिएका थिए ।
तेस्रो विश्वकप खेल्न लागेका एम्बाप्पेले विश्वकपमा १२ गोल गरिसकेका छन् । यसपटक उनले धैरै रेकर्ड राख्ने कोशिस गर्नेछन् । अर्काेतर्फ रोचक कुरा के छ भने मुख्यप्रशिक्षक डिडिएर डेसच्याम्प खेलाडी र प्रशिक्षक दुवैको रूपमा विश्वकप जित्ने विश्वकै तेस्रो व्यक्ति हुन भने यसपटक उनी नयाँ रकेर्ड राख्ने रणनीतिक योजना बुनिरहेका छन् ।
फ्रान्सले अहिलेसम्म विश्वकप इतिहासमा १३६ गोल गर्दै सर्वाधिक गोल गर्ने टोलीको चौथो स्थानमा कब्जा जमाएको छ ।
