News 24 Television
१३ वर्षीया रचित बुढाथोकीले पौडीमा जिते १० मेडल

काठमाडौं । १३ वर्षीया पौडी खेलाडी रचित बुढाथोकीले काठमाण्डौं महानगरपालिकाद्वारा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा ७ सिल्भर र ३ कास्य पदक हात पारेका छन्।

paudi-3-1780544792.jpeg
धापाखेलस्थित जेम्स स्कुलमा कक्षा ८ मा पढ्दै गरेका रचितले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा आफ्नो वडालाई दोश्रो स्थान दिलाए।

paudi2-1780544877.jpeg

बालाजुको बाइसधारामा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा १६१ अंकसहित वडा नम्बर २९ विजेता बनेको थियो । यस्तै, वडा नम्बर ७ ले १२१ अंकसहित दोश्रो स्थान हासिल गर्‍यो। काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धन गर्न भन्दै यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ।

paudi-1780544906.jpeg
 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update