बर्दिया । बबई सिचाई आयोजनाले नहर निर्माणको कामलाई तिव्रता दिएको छ । ब्र्दियाको गुलरिया नगरपालिकाको कृषियोग्य जमिनमा सिचाई सुविधा पु¥याउने उद्धेश्यले नहर निर्माण कार्यलाई तिव्रता दिइएको हो । नहर निर्माणपछि गुलरियामा कृषि पेशामा आवद्ध स्थानीयलाइ राहत मिल्नेछ ।
गुलरिया नगरपालिकाको साविक खैरापुर, गुलरिया मथुरा हरिद्धार क्षेत्रमा यति बेला नहर निर्माणको काम तिव्र भएको छ । बबई सिचाई आयोजनाले बर्दियाको बासगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकामा यस अघि नै नहर निर्माण गरि सकेको भए पनि गत वर्ष देखि गुलरिया नगरपालिका अन्र्तगतको ७ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याउने उद्धेश्यले निर्माण कार्यले तिव्रता पाएको हो। बबई सिचाई आयोजनाले पहिलो चरणमा ४ किलोमिटर मुल नहर र ११ किलोमिटर शाखा नहर निर्माण गर्न गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो ।
सिचाई आयोजनाले गत वर्ष गरेको ठेक्का बमोजिम नै निर्माण कार्य सुरु गरेकाले मिति अगावै नहर निर्माणको काम सकिनेमा स्थानीय ढुक्क छन् ।
बबई सिचाई आयोजनाले पुर्व नहरतर्फ र पश्चिम नहरतर्फ काम गरि रहेको छ । पुर्वि नहर तर्फ बासगढी नगरपालिका, बढैयाताल गाउपालिका र गुलरिया नगरपालिकाको वडा नं. ११ र १२ पर्दछ भने पश्चिम नहर तर्फठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र गुलरिया नगरपाकिलाको वडा नं.१,२,३,४,५,६,७,८, र १० पर्दछ । नहर निर्माणको काम सम्पन्न भएपछि वर्षातको पानी र मोटर लगाउने समस्याबाट कृषकले छुटकारा पाउने छन् ।
बि.सं २०२४ साल देखि अध्ययन थालिएको बबई सिचाई आयोजनाले बबई नदीको पश्चिम तर्फ १५ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याउने उद्धेश्यले बि.सं.२०३५ सालमा सो क्षेत्रको सम्भाब्यता अध्ययन सम्पन्न गरेको थियो । अन्तराष्ट्रिय बिकास सस्थाको सहयोगमा प्रथम चरणको २०३८ सालदेखि २०४० साल सम्मको बिस्तृत ईन्जिनियरिग डिजाईनको कार्य सम्पन्न भएको र सो डिजाईनमा बबई नदीमा साईफन निर्माण गरि पश्चिमतर्फ सिचाई प्रणालीको बिकास गर्ने प्रस्ताव गरिएको थियो ।
बबई नदीको पश्चिमतर्फ साईफन निर्माण पश्चात अहिले करिव २५ किलोमिटर मुल नहरबाट परम्परागत कुलोहरुमा पानि उपलब्ध गराईएको छ । मुल नहरबाट परम्परागत कुलोहरुमा पानि लगेर करिव ८ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुगेको छ ।
अव बाँकी गुलरिया नगरपालिका अन्र्तगत पर्ने ७ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुर्याउन नहर निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरि रहेको बबई सिचाई अयाोजनाले जनाएको छ ।
नहर निर्माण पश्चात गुलरियामा बबई सिचाई आयोजनाको पानी पुगेका कृषकहरुको उत्पादनमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।
