काठमाडौँ । मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः नियुक्ति दिएका छन् । यसैगरी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त गरेका छन् ।
नवनियुक्त दुवै मन्त्रीले मंगलबार अपराह्न पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले मंगलवार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गरी वरियताक्रम समेत निर्धारण गरेका छन् । जसअनुसार गुरुङलाई पाचौँ र पुनलाई आठौँ वरियता दिइएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, मन्त्रिपरिषद्का सदस्यलगायतको सहभागिता थियो ।
