News 24 Television
फिफा विश्वकप ट्रफी उचाल्ने ५ टोली को को ?

काठमाडौं । फिफा विश्वकप सन् २०२६ को उपाधि कसले उचाल्ला ? फुटबलको पावरहाउस राष्ट्र ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन वा अन्य कुनैले ? फुटबलको कुम्भ मेला शुरु हुन केही घण्टा बाँकी हुँदा उपाधि उचाल्न सक्ने सम्भावित टोलीबारे चर्चा गर्दैछन् । 

विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्वकप, सन् २०२६ सुरु हुन २४ घण्टा बाँकी छ । २३ औँ संस्करणको विश्वकप हेर्न फुटबल विश्वभरका फुटबलप्रेमी आतुर छन् । उत्साह र उमंगले सिमा नाघ्दो छ । यसपटकको विश्वकपमा ४८ देशले प्रतिष्पर्धा गर्दैछन् । 

जुन ११ मा सुरु भएर जुलाई १९ मा सकिने विश्वकप ३९ दिनसम्म चल्नेछ । इतिहासमै पहिलो पटक चार दर्जन देशको सहभागिताले रोमाञ्चकता थँपिदा उपाधी कसले चुम्ला भन्ने कौतुहल उत्तिकै छ । 

उपाधि उचाल्न सक्ने टप ५ टोली

१. अर्जेन्टिना 

विश्व फुटबलका सुपरस्टार लियोनेल मेस्सी कप्तान रहेको साविक विजेता अर्जेन्टिना प्रमुख उपाधी दावेदार टोली हो । सन् २०२२ को उपाधी विजेता अर्जेन्टिनाले सन् १९७८ र १९८६ गरी तीन पटक विश्वकप उपाधी हासिल गरिसकेको छ । 

फरवार्ड लाइनमा सुपरस्टार मेस्सी, जुलियन अल्भारेज, लाउटारो मार्टिनेज र गोलरक्षक एमिलियानो ‘दिबु’ मार्टिनेज प्रमुख हतियार हुन् । युवा स्टार भन्दा पनि अनुभवी खेलाडी समेटेको अर्जेन्टिनी टोली मजबुत देखिएको छ । 

२. स्पेन

युरोपीयन फुटबलकोे महारथी स्पेन विश्वकप उपाधी उचाल्न सक्ने दोस्रो टोली हो । रोड्रिको कप्तानीमा रहेको स्पेनका लामिन यामल र निको विलियम्स जस्ता युवा विंगर प्रमुख हतियार हुन् । रोड्रि, पेड्रि र गाभी जस्ता उत्कृष्ट मिडफिल्डरले टोली ब्यालेन्स देखिन्छ । 

सन् २०१० को विश्वकप उपाधी उचालेको स्पेन युवा खेलाडीको बलमा च्याम्पियन बन्न सक्छ । 

३. फान्स 

अनुभवी र युवा खेलडीले भरिपुर्ण फान्स विश्वपको ट्रफि उचाल्नसक्ने तेस्रो टोली हो । केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स टोलीको बलियो पक्ष मिडलिल्डर र परवार्ड लाइन हो । एम्बाप्पे सहित ओस्मान डेम्बेले प्रमुख हतियार हुन् । 

मिडफिल्डर एनगोलो कान्टकोे भर हुनेछ । फान्सले सन् १९९८ र २०२८ गरी दुईपटक विश्वकप उपाधी उचालेको छ । 

४. ब्राजिल

विश्वकप फुटबल इतिहासको सर्वाधिक सफल टोली ब्राजिल पाँच पटकको च्याम्पियन टोली हो । पेले, रोनाल्डो, काका, रोनाल्डिनोको इतिहासको बोकेको ब्राजिल युवा र अनुभवी खेलाडीको मिश्रणमा विश्वकप जित्न चाहान्छ । 

ब्राजिलको अन्तिम टोलीको टुंगो नलागे पनि सुरस्टार नेयमार जुनियर र युवा स्टार भिनिसियस जुनियर, राफिन्हा र इड्रिक जस्ता खेलाडी प्रमुख हतियार हुने छन् । सन् १९५८, १९६२, १९७०, १९९४, २००२ गरी ब्राजिल पाँच पटक फिफा विश्वकपको उपाधी उचालेको छ । 

५. पोर्चुगल

सुपरस्टार क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल विश्वकप जित्न सक्ने पाँचौ टोली हो । विश्वपक इतिहासमा पहिलो पटक उपाधी उचाल्ने रणनीतिमा देखिन्छ । पोर्चुगलका लागि सुपरस्टार रोनाल्डोका जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेज प्रमुख खेलाडी हुन् । मिडफिल्डर र फर्वाड लाइनमा यो टोलीको बलियो पक्ष हो । 

माथि उल्लेखित टिमका अलवा चार पटकको विश्वविजेता जर्मनी, एक पटकको विजेता इंग्ल्याण्ड सहित नेदरल्याण्डस् र एसीया महादेशबाट जापानको थोरै आशा गर्न सकिन्छ । उसो त यी बाहेक विश्वकप खेल्ने ४८ राष्ट्रकै सम्भावना उत्तिकै रहन्छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update