काठमाडौं । नेपाल भारतसम्बन्धि सीमा विवादको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपछि बैठक अघि बढेको छ। तर, प्रतिपक्षी दलहहरुले परराष्ट्रमन्त्रिको अभिव्यक्तिलाई अस्वीकार गर्ने प्रष्ट पारेका छन्।
संसदमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनै नचाहेपछिको डेडलक फुकेपनि हठी स्वभावका प्रधानमन्त्रीमाथिका शंका भने थप बढेका छन्।
प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले संसद बैठक नै बन्धकप्राय बन्न पुग्यो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा विपक्षी दलहरुसंगको छलफलपछि संसद बैठक अघि बढेको छ। तर, परराष्ट्रमन्त्रीको अभिव्यक्तिलाई विपक्षीले स्वीकार गरेको भने देखिन्न।
विपक्षीले कडा निन्दा र परराष्ट्रमन्त्रीको प्रष्टीकरणमा चित्त नबुझाएपनि उनले क्रसबोर्डर अकुपेशन अर्थात सीमावारपार जग्गा भोगचलनसंग सम्बन्धित रहेको भन्दै टालटुल गरे।
उसोतः संसदमा भने रोचक दृश्य देखिन पुग्यो । दलीय आधारमा सभामुखले बोल्न समय दिए। यसमा श्रम संस्कृति पार्टीले नाम नै टिपाएन्। यसपचि सभामुखले बोल्ने समय दिने स्थिति नै बनेन्। तर, श्रम संस्कृति पार्टी बोल्न पाइएन भन्दै अवरोधमा उत्रियो।
सभामुखसंगको लामो समयको रस्साकस्सीपछि सभामुखले बोल्न समय उपलब्ध गराए। जसपछि फेरि हर्क साम्पाङले सम्बोधन गरेपछि बैठक निरन्तर अघि बढ्ने स्थिति बन्यो।
श्रम संस्कृतिले संसदमा देखाएको व्यवहारमा माफी पनि मागेको छ। तर, संसदीय मर्यादाभन्दा बाहिर नै पुगेर संसदमा देखिन थालेका दृश्यले संसदीय गरिमामाथिका प्रश्नहरु भने पेचिला बनाएको देखिन्छ।
