News 24 Television
बालेन क्याविनेटका दयालु गृहमन्त्री, सुकुम्बासीसँग सुधनको पश्चात्ताप !

काठमाडौँ । रास्वपा नेतृत्वको सरकार गठन भएलगत्तै प्रधानमन्त्री बालने शाहको निर्देशनमा काठमाडौंका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चल्यो । जुन कदमले धेरै सुकुम्बासी घर परिवार विस्थापित भए । केहीले त वर्षौदेखि बस्दै आएको आफ्नो घरमा डोजर चलाइँदाको पिडा खप्न नसकेर प्राण नै त्यागेको घटनाहरु पनि सार्वजनिक भएका छन् । सरकारको निर्देशनमा एकाएक चलेको डोजर आतङ्कपछि केहीले प्रधानमन्त्री बालेन शाहमा मानवियता र दयाभाव नै नरहेको भनेर टिप्पणी गरेका छन् । 

यसपछि सुकुम्बासीको प्रभावकारी व्यवस्थापन नभइरहेको अवस्थामा पनि बालेन चरित्रमाथि उही खालका आक्षेप निरन्तर लागि नै रहेका छन् । तर उनै बालने शाह नेतृत्वको मन्त्रिपरिषदको सदस्य रहेका गृहमन्त्री सुधन गुरुङ भने बालेन चरित्रको ठिक विपरित प्रस्तुत भइरहेका छन् । यसअघि पहिलो चरणमा नै मन्त्री बनेपनि सुधन विवादित व्यापारीहरुसँग नाम जोडिएपछि राजीनमा दिन बाध्य भए । तर गत मंगलबार मात्रै फेरि गृहमन्त्रीमा नियुक्त भएका उनी जनताको सेवाका लागि भन्दै फिल्डमै खटिन थालेका छन् । बिहीबारकै विपद व्यवस्थापन समितिको बैठमा समेत उनले सुकुम्बासी बस्ती हटाउने सम्बन्धमा सरकारबाट भएका कमजोरीप्रति माफी नै मागेका छन् । 

यति मात्रै होइन, गृहमन्त्री गुरुङ अन्ययाय र अत्याचारमा परेका तथा न्यायको खोजीमा सडकमा भौतारिरहेकाहरुको समस्या सुन्न बिहीबार माइतिघरमै पनि पुगे । उनले माइतिघरमा विभिन्न माग राखेर आन्दोनलमा रहेकाहरुको गुनसा सुनेका छन् । 

केही त आफूहरुलाई भेट्न गृहमन्त्री नै आएपछि भक्कानिएका समेत देखिए । 

यो आधारले गृहमन्त्री सुधन गुरुङ विभिन्न तवरले अन्याय र अत्याचारमा परेका नागरिकको न्यायका लागि आँफै फिल्डमा खटिएको देखिन्छ । उनले अन्यायमा परेको भन्दै माइतिघरमा न्यायका लागि आन्दोलन गरिरहेकाहरुको आवाज सुन्दै नीतिगत मध्यस्थता आफू गर्न तयार रहेको प्रतिकृया दिएका थिए । जुन गृहमन्त्रीको चरित्रलाई बालेन चरित्रको ठिक विपरित भनेर परिभाषित गर्न थालिएको छ । 

संसदमै भेटिन्नन् प्रधानमन्त्री, गृहमन्त्री भने सडकमै ! 

गृहमन्त्री सुधन गुरुङ स्वयम सडकमा पीडित र समस्यामा परेका नागरिकको सारथी बन्दा प्रधानमन्त्री बालेन शाह भने संसदमासमेत उपस्थित हुन सकेका छैनन् । सरकारले नै ल्याएको बजेटमाथिको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग विपक्षीले उठाउँदासमेत वेवास्ता गरेका बालेनले जेठ १७ गते अचनाक आएर सांसदहरुको प्रश्न माग गर्दै जवाफ दिने प्रयास गरे । तर सीमा विवादको सम्बन्धमा भने राष्ट्रियताविपरित अभिव्यक्ति दिएका बालेनको खोजी संसदमा अझै हुँदै आएको छ । तर बालेनले भने सदनमा उपस्थित हुँदा अझै हिचकिचाइरहको छन् । यद्यपि उनै बालेन नेतृत्वको मन्त्रिपरिषदका गृहमन्त्री भने सडकमै पुगेर नागरिकका समस्या सुनिरहेका देखिन्छन् ।

सामाजिक सेवामै रम्ने सुधन !

सुधनको राजनीतिक अनुभाव र यात्रा लामो भइसकेको छैन । उनी जेन्जी आन्दोलन अघि एक सामाजिक संस्थामा आबद्ध भएर स्वयम सेवकको रुपमा मात्रै कार्य गर्दै आएका थिए । तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजनीतिज्ञको रुपमा स्थापित भएका उनी फागुन २१ को निर्वाचनमा विजयी भएसँगै सांसद हुँदै मन्त्री बनेको अवस्था छ । 

उनी मन्त्री बनिसक्दा पनि उनीभित्रको समाजसेवा र स्वयंसेवकको चरित्र बदलिएको छैन । उनको यही सेवाभाव र भुइँमान्छेसँग जोडिने शैलीलाई नागरिक स्तरबाट निकै रुचाइएको छ । यद्यपि, गृहमन्त्री गुरुङ व्यक्तिगतरुपमा नागरिकका समस्या केन्द्रीत समाधान तिर लाग्नुभन्दा नीतिगत रूपमै समग्र देश र समाजलाई परिवर्तनको अनुभूत गराउनतर्फ केन्द्रीत हुनुपर्ने आवश्यकता देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update