काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघको सभामा सम्बोधन गर्ने विषयमा अनेकौँ टिका–टिप्पणी आएका थिए । विशेषगरी विपक्षी दलका नेताहरुले बालेनले संयुक्त राष्ट्र संघको मञ्चमा नेपालको तर्फबाट दह्रिलो धारणा राख्न नसक्ने भन्दै तीखो आलोचना गरेको देखिन्थ्यो । केहीले बालेले अमेरिकाबाट फर्किएपछि राजीनामा नै दिनुपर्नेसमेत माग अघि सारेका थिए, केहीले बैठकलाई नै बहिस्कार गर्नसक्ने आशंका गरेका थिए ।
तर बालेनले विपक्षी र विरोधीलाई मौखिकभन्दा कार्यगत सफलतामार्फत आफ्नो जवाफ पेश गरेका छन् । प्रधानमन्त्री बालेन शाहले शुक्रबार बिहान संयुक्त राष्ट्र संघको सभालाई उत्कृष्ट ढंगले सम्बोधन गर्दै नेपालको तर्फबाट दह्रिलो अडान राख्दा आलोकहरु नै झस्किएका छन् । हाल विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपा नेताहरुले नै बालेनको तार्किक सम्बोधन र नेपालप्रतिको दह्रिलो अडानको प्रशंसा गर्न थालेका छन् । प्रमुखतः प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको मञ्चबाट, नेपालको राजनीति, सांस्कृतिक, प्रकृतिक सम्पदा संरक्षण र विकासका लागि विश्व समुदायलाले गर्नुपर्ने योगदानको विषयमा चर्चा गरे ।
बालेनले राष्ट्रसंघमा नेपालमा रहेको सर्वोच्च शिखरको महत्व, गौतमबुद्धको महान वचनदेखि पशुपतिनाथको चर्चासम्म गरेका छन् । प्रमुखतः प्रधानमन्त्री बालेन शाहले नेपालले पछिल्लो समय सामना गरेको जलवायु परिवर्तनको पीडालाई विश्व मञ्चमा प्रभावकारी रुपमा चर्चा गरेका छन् ।
जलवायु परिवर्तनको कारक अन्य ठूला देशहरु हुँदा यसको सबैभन्दा ठूलो क्षति चाहीँ नेपालले किन व्यहोनुपर्ने ? जलवायु न्यायका लागि विश्व समुदाय नेपालप्रति किन अनुदार भइरहेको हो ? जस्तो प्रश्न बालेनले संयुक्त राष्ट्रसंघमा ठोष रुपमा उठाएका छन् ।
प्रधानमन्त्री बालेन शाहले जलवायुको नेपाल प्रभावका विषयमा विश्व मञ्चमा उठाएका यी विषयहरु नेपालको प्रकृतिक विपत्ति, अस्वभाविक रुपमा हिमाल पग्लिने, हिमताल फुट्ने, अनियमित वर्षा र बाढीजस्ता विपत्तिबाट गुग्रिने अवस्थाको भविषयमा समाधान गर्न बालेनले विश्व समुदायलाई सचेत गराएका छन् ।
बालेन शाहले संयुक्त राष्ट्रसंघको सभामा थप के–के भने ?
– नेपालमा आएको हालैको भोटेकोशी बाढी र विपत्ति केवल एउटा स्थानीय त्रासदी होइन, यो विश्वका लागि एउटा चेतावनी हो ।
– राष्ट्रसंघमा विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रको आकांक्षाका बारेमा मात्र बोल्न चाहन्थेँ । तर मैले विशाल विनाश र मृत्युका बारेमा बोल्न पर्यो ।
– जलवाय परिवर्तनले सीमा चिन्दैन, हिमनदी र बाढीहरू राहदानी र भिसा बोकेर हिँड्दैनन् ।
– जलवायु परिवर्तनको संकट हामीले निम्त्याएका होइनौँ, तैपनि हामीले यसको ठूलो मूल्य चुकाइरहेका छौ ।
– जसले जलवायु समस्यामा बढी योगदान पुर्याएका छन्, उनीहरूले नै बढी काम गर्नुपर्छ ।
– नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवाय लचिलोपन संयन्त्र स्थापना गरौँ
– हामीलाई विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक छ, जलवायु वित्त कर्मचारीतन्त्रको भूलभुलैया बन्नु हुँदैन।
– ७२ घण्टामा हतियार पुर्याउने विश्वले किसनलाई मल किन दिन सक्दैन ?
– हामीले युद्धका लागि त्रुटिरहित र खानाका लागि भत्किएको लजिस्टिक भएको संसार बनाएका छौँ ।
– फागुन २१ को निर्वाचन इतिहाँसमै शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भयो ।
– जलवायु न्याय केवल पैसाको कुरा मात्र होइन, यो वितरणात्मक र प्रक्रियागत न्यायको कुरा हो ।
– हामीे तदर्थ प्रतिक्रियाहरूबाट तयारीको संस्कृतिमा जानुपर्छ ।
– जब विश्वको सर्वोच्च शिखरबाट अर्को चेतावनी आउँछ, आउनुहोस्, हामी यसलाई सुन्न र कार्य गर्न तयार होऔँ ।
– भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँडोस् ।
प्रधानमन्त्री बालेन शाहले नेपालका तर्फबाट उठाएका यी विषयहरु हाल जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको पीडाबाट बाहिर निश्कनका आवश्यक आधारभूत मुद्धा हुन् । बालेनले विश्व मञ्चमा उठाएको विविध यी मुद्धाले विश्व समुदायको ध्यानाकर्षण भएको देखिन्छ । बालेनले राष्ट्र संघको मञ्चबाट स्वदशमै उठेका अलोचनाको जवाफ मात्रै दिएका छैनन्, उनले ठूला राष्ट्रहरुका कारण साना राष्ट्रहरुले भोगिरहेका राजनीतिक र प्रकृतिक पीडालाई पनि विश्वमञ्चमा राम्रोसँग मुखरित गरेको देखिन्छ ।


