काठमडौं । दीपक भट्टविरुद्ध झण्डै २७ अर्बको विगो माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ। भट्टले विभिन्न कम्पनीको नाममा गरेको कारोबार र त्यहाँबाट सम्पत्ति शुद्धिकरण गर्दै ठूलो रकम आर्जन गरेको देखिएको भन्दै सम्पत्ति शुद्धिरकण विभागले ल्याएको अभियोगमा विशेष सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो। के भट्टको साम्राज्यमाथि अदालतले प्रमाणको जाँच कडाईपूर्वक गर्ला? चासो बढेको छ ।
दीपक भट्ट । व्यापारिक क्षेत्रका मास्टर माइन्ड। सामान्य परिवारबाट आएका भट्टले अर्बाैं रकमको चलखेल गर्ने गरि कसरी आफूलाई उभ्याए? कहलिएको व्यवपारिक घराना गोल्छा ग्रुपमाथि कसरी आफ्नो कर्मलाई प्रवेश गरा? वा नेपालका व्यापारिक घराना नै हल्लिने गरि भट्टले कसरी आफूलाई उभ्याए? यी सबै कुरा सम्पत्ति शुद्धिकरण विभागले लगाएको अभियोग र अभियोग लागेका व्यापारिक घराना र नामबाट प्रष्ट हुन्छ। जसमा भट्ट एक्लैले छब्बिस अर्ब, त्रिसट्ठी करोड सत्ताइस लाख एकहत्तर हजार उन्साठी रुपैया पैसा अठसठ्ठी रुपैया बिगो तिर्नुपर्ने विशेष सरकारी वकिलको कार्यालयको जिकिर देखिन्छ।
भट्टले कुन कम्पनीको कति रकममा गरे सम्पत्ति शुद्धिकरण ?
यता, दीपक भट्टले बयानको क्रममा व्यापार व्यवसाय गरिरहेको आफूलाई राज्यले अपराधिकरण गरेको भन्दै आक्रोश पोखेका छन्। भट्टले सम्पत्ति शुद्धिकरण आरोपमा समेत इन्कारी बयान दिएका छन्। तर, सरकारी वकिलको कार्यालयले भट्टले सेयर खरिददेखि धेरै कम्पनीमा सम्पत्ति शुद्धिकरण गर्नका निम्ति रोचक आर्थिक कारोबार गरेको दाबी गरेको छ ।
सेयर खरिद बिक्रीमा समेत भट्ट र ५५ नम्बरको ब्रोकर कम्पनीले आफूखुशी कारोबार गरिदिएको दाबी गरेका थिए। तर, विभागले भट्टले सेयर खरिद वा बिक्री गर्दा उनको मोबाइल नम्बरमा नै ब्रोकरले सूचना दिने गरेको तथ्यसहित प्रमाण पेश गरेको छ। यसले पनि भट्टले कसरी आर्थिक साम्राज्य खडा गरे भन्ने आरोपमा पर्याप्त प्रमाणहरु देखाएको छ । तर, अदालतमा परिक्षणको क्रममा रहेकाले यो विषयमा अदालतले के गर्छ भन्ने चासो बढेको छ। यस्तै भट्टसंगकै साझेदारीका कारण गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाविरुद्ध समेत अभियोग लगिएको छ भने अग्रवाल ग्रुपमाथि समेत ठूलो बिगो दाबी गरिएको छ। जसमा धेरैजस्तो व्यापारिक क्षेत्रका व्यक्तिहरु र कर्मचारीहरु रहेको देखिन्छ ।
