News 24 Television
भारतीय चर्चित गायक अभिजित भट्टाचार्य शनिबार क्लब नोभामा प्रस्तुत हुँदै

काठमाडौं । भारतीय चर्चित पार्श्वगायक तथा संगीतकर्मी (Abhijeet Bhattacharya) काठमाडौं आइपुगेका छन्। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई आयोजक तथा प्रशंसकहरूले भव्य स्वागत गरेका थिए।

९० को दशकका लोकप्रिय गायक भट्टाचार्यले शनिबार काठमाडौंको ठमेलस्थित क्लब नोभामा विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा उनले आफ्ना चर्चित हिन्दी गीतहरू प्रस्तुत गर्नेछन्।

69838d21-68e0-42ee-a374-88f11882f974-1781857357.jpg
उनका ‘ओले ओले’, ‘मै कोई ऐसा गीत गाऊँ’, ‘वादा रहा सनम’ लगायतका गीत नेपाली श्रोतामाझ पनि लोकप्रिय छन्। नेपालमा उनको आगमनसँगै संगीतप्रेमीहरू उत्साहित बनेका छन्। क्लब नोभामा हुने उक्त कार्यक्रमले नेपाली दर्शकलाई एक अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

विमानस्थलमा स्वागतका क्रममा अभिजितलाई नेपाली ढाका टोपी, खादा तथा राष्ट्रिय झण्डासहित सम्मान गरिएको थियो। सामाजिक सञ्जालमा समेत उनका तस्बिरहरू व्यापक रूपमा साझा भइरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update