काठमाडौं । नेपालकै पहिलो र अग्रणी होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर 'हेल्दी होम'ले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ। दुई दशक लामो गौरवशाली यात्रा पूरा गरेको हेल्दी होमले नयाँ पुस्ताको नेतृत्वसँगै थप आधुनिक र परिष्कृत सेवा प्रदान गर्ने संकल्प लिएको छ।
वि.सं. २०६३ मा मोहन भुसाल र कृष्ण भण्डारीद्वारा स्थापित यस संस्थाले हाल काठमाडौं र पोखराका ४ वटा शाखाहरू मार्फत ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको छ। विशेषगरी तौल व्यवस्थापन, बडी सेपिङ, र स्किन एण्ड हेयर एनालाइसिस जस्ता वेलनेस सेवामा हेल्दी होम अग्रणी नाम हो।
क्याम्पेनका विजेताहरूलाई पुरस्कार वितरण
२१औं वार्षिकोत्सवलाई विशेष बनाउन हेल्दी होमले सञ्चालन गरेको क्याम्पेनका विजेताहरूलाई लक्की ड्र मार्फत आकर्षक पुरस्कारहरू वितरण गरिएको छ:
- प्रथम पुरस्कार: १ लाख रुपैयाँ नगद (१ जना)
- दोस्रो पुरस्कार: वेट लस प्रोग्राम (२ जना)
- तेस्रो पुरस्कार: स्किन केयर ह्याम्पर (३ जना)
- चौथो पुरस्कार: हेल्दी होम गिफ्ट ह्याम्पर (४ जना)

नेतृत्वको प्रतिबद्धता
समारोहमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा उपलब्धिमूलक रहेको बताउँदै नयाँ पुस्ताको नेतृत्वसँगै हेल्दी होमले अझ ठूलो उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले यो संस्था आफ्नो बुबा र कृष्णजीको ठूलो मिहिनेत र विरासत भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा थप आधुनिक प्रविधि, नयाँ शाखा विस्तार र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय वेलनेस सेवा आम नागरिकको पहुँचमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
