काठमाडौँ । फरक राजनीतिक धार निर्माणको कसरतमा लागेका काँग्रेस सभापति गगन थापा राजनीतिक रुपमा एक्लिँदै गएका छन् । गत फागुन २१ को निर्वाचनमा नेपाली काँग्रेस गगन थापाकै नेतृत्वमा जनतामाझ गएको थियो । तर अपेक्षित नतिजा प्राप्त गर्न नसक्दा काँग्रेस दोस्रो ठूलो दल बन्यो । यही शक्तिका कारण गगन नेतृत्वको काँग्रेस अहिले संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । तर काँग्रेस एमालेसँगको प्रदेश समीकरण र आन्तिरिक किचलोमा पर्दा गगन थापा राजनीतिक रुपमा एक्लिने खतरामा छन् ।
के–के कारण गगन एक्लिँदै छन् ?
नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन रहेको सात वटै प्रदेश सरकारमा अहिले विवाद सृजना भएको छ । बजेट पारितको सवालमा विवाद निस्कँदा प्रदेशको गठबन्धनमा खटपट छ । र, यसैको प्रभावले कर्णाली, सुदुरपश्चि र बाग्मती प्रदेश सरकारनै संकटमा छन् । यी प्रदेश सरकारका मुख्यमन्त्रीहरु अल्पमतमा परिसकेका छन् । यस्तोमा अब नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ सरकार गठन गर्ने प्रकुयाआरम्भ गर्ने देखिन्छ । यसको उद्घोष नेकपा संयोजक प्रचण्डले मधेश प्रदेश पुगेर गरिसकेका छन् । यद्यपि प्रचण्डले एमाले, काँग्रेस र नेकपासहितको संयुत्त प्रदेश सरकारको प्रस्ताव अघि सारेको बताइन्छ । तर प्रचण्डको यो प्रस्तावमा काँग्रेस सहमत हुने अवस्था देखिँदैन । किनकी एमालेसँगकै सहकार्य तोडिँदा फेरि नेकपासहित एमालेगँग काँग्रेसले सहकार्य गर्ने संभावना छैन ।
उता नेकपा एमालेले पनि काँग्रेससँगको सहकार्य टुटे प्रतिपक्षमा बस्ने जिकिर गर्दै आएको छ । तर एमाले नेताहरुको यो टिप्पणी यदी काँग्रेससँग सहकार्य टुटेमा उही काँग्रेसँग पुन गठबन्धन नगर्ने भन्ने संकेत हो । तर एमालेले नेकपासँग सहकार्य नगर्ने भन्ने देखिँदैन ।
यो अवस्थामा नेकपा एमाले र नेकपाले प्रदेशसभामा सहकार्य गर्ने संभावना कायमै रहन्छ । नेकपा नेकपा संयोजक प्रचण्ड मधेशबाट काठमाडौं आएपछि नयाँ समीकराणको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुँदागत छलफफल गर्ने बताइएको छ । यदी ओली–प्रचण्ड छलफल सकारात्मक भएको अवस्थामा काँग्रेस एमाले सहकार्य नै अघि बढ्नेछ । यो समीमरकण आगामी स्थानीय तहको निर्वाचनसम्मै लगेर जनतामा जान ओली प्रचण्डलाई सहज हुने स्थिति पनि छ । यदी यो योजना सफल हुँदा गगन नेतृत्वको काँग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुग्नेछ ।
गत पुषमा विशेष महाधिवेशन गरेर सभापति बनेका गगन थापा पार्टी विभाजनको सम्मुखमा पुग्दा अग्रज नेताहरुबाट पनि एक्लिने खतरामा छन् । देउवा पक्षसँग एकताका लागि लामो प्रयास भएपनि कुनै प्रगति भएको छैन । निर्वाचन पराजयपछि नै दुवै पार्टीले एकताका लागि ठूलै पहल गरे । तर अझैसम्म पनि सहमति जुट्न सकेको छैन । काँग्रेस देउवा पक्षले एकताका लागि १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रीय सदस्यलाई नयाँ कमिटिमा समाहित गर्ने तथा पुराना क्रियाशिल सदस्यता नविकरण अनिवार्य नगर्नुपर्नेजस्ता प्रस्ताव अघि सारेको थियो । तर यो प्रस्तावलाई गगनले नकार्दा पार्टी औपचारिक विभाजनतर्फ मोडिएको छ । यसपछि गगन पक्ष र देउवा पक्षले विपी कोइराला स्मृति दिसवससमेत फरक फरक ढंगले मनाएका छन् । काँग्रेस देउवा पक्षले अहिले नयाँ पार्टी गठनको तयारीलाई पनि तीव्रता दिइरहको छ । यो विषयमा पूर्वसमापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि थप निर्णय हुने देखिन्छ । यदी नयाँ पार्टी खोलिएको अवस्थामा गगन काँग्रेमै पनि एक्लिने निश्चित छ ।
प्रतिपक्षी कित्ता : गगन रणनीति कि बाध्यता ?
यदी नेकपा एमाले र नेकपाले प्रदेशमा समीमरण गरेमा काँग्रेस संघीय सरकार र प्रदेश दुवै सरकारबाट प्रतिपक्षमा पुग्नेछ । तर यो अवस्था काँग्रेसका लागि बाध्यता कि रणनीति ? भनेर प्रश्न उठ्नसक्छ । यद्यपि यो अवस्था काँग्रेका लागि बाध्यात्मक नभइ रणनीतिक नै हुनेछ । किनकी हाललाई चाहेको अवस्थामा काँग्रेसले नेपकासँगै सहकार्य गरेर सत्तामा रहनसक्ने अवस्था छ । तर यो नचाहेर नेपाली काँग्रेस आगामी निर्वाचनमा प्रतिपक्षी भूमिकामार्फत नै जनतामाझ परीक्षित हुन चाहन्छ । दुवै तहमा सरकारको खरो खबरदारी गरेर काँग्रेस आफ्नो पक्षमा जनमत निर्माण गर्ने प्रयत्नमा तल्लीन रहने छ । हालसम्मको निर्वाचनमा पनि प्रतिपक्षी दलहरुले नै आफ्नो पक्षमा नजित निकाल्दै आएका छन् । यो अवस्थामा गगन थापा आउँदो स्थानीय तह र संघको निर्वाचनसम्म सत्तालाई खरो खबरदारी गरेर जनताको मन जित्दै भारी समर्थन प्राप्त गर्ने रणनीतिम रहनेछन् ।
