News 24 Television
बालेनले फुकाले कालो चस्मा

काठमडौं । रवि लामिछाने र बालेन्द्र शाह विच रविले पार्टी चलाउने र बालेनले देश चलाउने ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार दुबै जना नेताहरु सक्रिय बनेपनि सरकार चलाउने विषयमा वालेन्द्र शाहको शैलीमाथिका प्रश्नहरु पेचिला बनेका छन्। वालेन्द्रले सरकार सञ्चालनमा सम्वादभन्दा मौनता धेरै देखाउदा रविले नै अग्रसरता लिनुपर्ने अवस्था बन्न पुगेको देखिन्छ। किन वालेन्द्रले यस्तो स्थिति निर्माण गरे त ? 

मधेसमा धर्मको नाममा दुई समुहविच अशान्ति बढ्दै थियो । मुलुकको कार्यकारी प्रधानमन्त्री बालेन्द्र शाह शासन सत्ता सञ्चालनमा चुक्दै गए । घटनाले उग्ररुप लियो । ३ जना युवाको ज्यान पनि गयो । घटना चर्किदै गएपछि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहले बल्लतल्ल आँखा खोले । 

विहिबार राति राष्ट्रका नाममा सम्बोधन गरे । तर, पहल लिन धेरै नै ढिलो भइसकेको थियो । प्रधानमन्त्रीको राजनीतिक अपरिपक्कताबारे चौतर्फी आलोचना र व्याकफायर हँदा अन्ततः बालेन्द्र देशको नाममा सम्बोधन गर्न पुगे । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा ४ मिनेट २८ सेकन्डको सम्बोधन गर्दा उनमा केहि बदलाप देखियो । 

सधैँ कालो चस्मा र हक्की स्वभावमा देखिने बालेन्द्र विहिबार रातिको सम्बोधनमा केहि मलिन र भद्र देखिन्थे । सायद त्यो देशप्रतिको चिन्ताले नै होला । रोचक कुरा के छ भने उनले संसद देखि सिंहदरबार र विदेशी पाउनसंग भेट गर्दा लगाउने कालो चस्मा फुकालिदिए । अर्थात् उनले कालो चस्मा खोलेर जनतातर्फ नजर राखे । संम्बोधनको अधिकांश अंशमा नेपाली भाषा प्रयोग गरेका प्रधानमन्त्री बालेन्द्रले अन्तिममा मैथली भाषामै बुझाउने प्रयास गरे । 

रसामान्य शिष्टाचार समेत पालना नगर्ने गरेका वालेन्द्र शाहले बिहीबार राति भने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगे। उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई टेलिफोनमा सम्वाद गरे। वालेन्द्रको मौनताविरुद्ध रास्वपा सभापति रवि लामिछानेले भने शुरुदेखि नै सक्रियता देखाइसकेका थिए। रविले सबै दलसंगको छलफल, मधेसबाट निर्वाचित सांसदसंगको छलफलदेखि विभिन्न क्षेत्र र समूदायसंग छलफल गरिरहेको परिदृश्यले पनि वालेन्द्रलाई घोचेको हुनुपर्छ, उनी केहि लचक देखिएको जस्तो देखिन्छ। तर, कार्यकारीले यसरी लिने मौनताले राष्ट्रले क्षति व्यहोर्नुपर्ने खतरा भने बढ्दो रहेछ।

 यस्तोमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरुलाई भेट्दा पनि उनीहरुले भनिदिए, पहल छिटो गरेको भए सायद युवाहरुले ज्यान गुमाउने स्थिति बन्दैनथियो होला। यस्तै, सुरुमा घटनालाई सामान्य रुपमा लिँदा सत्ता नै हल्लिने अवस्थामा पुग्दा बालेन्द्र संवाद र सहकार्यमा जुटेका छन् । गृहमन्त्री सुदन गुरुङलाई घटनास्थल सुनसरी कप्तानगन्जमा पठाएर पिडित परिवारसंग सहमति गरिएको छ । सदाझैँ सिंहदरबारमा प्रशासनिक र राजनीतिक भेटघाटमा व्यस्त हुने उनी उक्त घटना साम्य पर्न विभिन्न पक्षसंग समन्वय र सहकार्य गर्न थालेका छन् । यो नै बालेनमा आएको ठुलो बदलाप हो । जुन नेपाली जनताको चाहेका थिए । 

बालनेको सक्रियता बढ्यो !

प्रधानमन्त्री बालेनले मधेसमा आगोको मुस्लो झैँ गरी फैलिएको धार्मिक द्घन्द्घ अन्त्य गर्न सक्रिय बनेका छन् । विहिबार मधेस केन्द्रीत राजनीतिम दलका नेतासंग दुई घण्टा छलफल गरेका छन् । डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायत नेता सहभागी बने । साथै कोशी र मधेस प्रदेशका १३ जना सांसदहरुसंग पनि प्रधानमन्त्री बालेनले सिंहदरबारमा संवाद गरेका छन् । संवादमा मधेसको समस्या समाधान गर्न छलफल भएको नेताहरुले बताएका छन् । 

तर प्रश्न यतिमा मात्रै रोकिदैन् । के देशको प्रधानमन्त्री जो सर्वाेच्च संस्था हो, उसको सम्बोधन हेर्न र सुन्न आलोचना र राजिनामा माग गर्नुपर्ने हो । यसमा स्वयम् प्रधानमन्त्री बालेन्द्र शाह र सचिवालय गम्भिर बन्नुपर्छ । ता कि आगामी दिनमा घट्न सक्ने घटनालाई नजरअन्दान होइन् फ्रन्ट लाइन बसेस समाधान गर्नपर्छ ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update