धादिङ । नेपाल जापान कुटनैतिक सम्बन्धको ७० औं वर्षको अवसर धुनिवेशी नगरपालिका वडा नं ८ स्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत रहेको खर्केडाँडा सालक पार्कमा ७० वटा साकुरा (हिमाल चेरी/ पैंयु) का बिरुवा वृक्षारोपण गरिएको छ । धुनिवेशी नगरपालिकाको आयोजनामा तथा लभ ग्रीन नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा नेपालका लागि जापानका राजदूत मायदा टोरु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, लभ ग्रीन नेपालकी अध्यक्ष अमिरा दली, जापानी प्रतिनिधिमण्डल तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालले जापानलाई मित्रताको चिनोका रूपमा दिएको पैयु (हिमालय चेरी) लाई जापानले संरक्षण र प्रवर्द्धन गर्दै आएको छ। जापानको राष्ट्रिय फूलका रूपमा चिनिने साकुराका ३०० भन्दा बढी प्रजाति रहेका छन्। जापानी अधिकारीका अनुसार नोभेम्बरतिर फूल्ने साकुरा जापानमा करिब दुई दिनमै झर्ने भए पनि नेपालमा करिब १० दिनसम्म टिक्ने गर्दछ।

नेपालमा विशेषगरी काभ्रे, नमोबुद्ध, जाजरकोट र धादिङ क्षेत्रमा पाइने पैयाँको संरक्षण तथा प्रवर्द्धनका लागि यो अभियान महत्त्वपूर्ण मानिएको छ।
काठमाडौंबाट सहज पहुँचमा रहेको, त्रिभुवन राजपथसँग जोडिएको रमणीय खर्केडाँडा सालक पार्कमा रोपिएका साकुरा सफलतापूर्वक हुर्कन सके यस क्षेत्रको प्राकृतिक सौन्दर्य थप बढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ।
कार्यक्रममा साकुरा वृक्षारोपण अभियानलाई सफल बनाउन विशेष पहल गर्ने दिनेश लोहनी लगायत सबै सहभागीहरूले संयुक्त रूपमा वृक्षारोपण गरेका थिए। वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बाशु श्रेष्ठले नेपाल जापान कुटनैतिक सम्बन्धको ७० औं वर्षको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमले समूह संग जोडिने अवसर पाएकोमा खुशी व्यक्त गर्दै रोपिएको बिरुवा सत प्रतिशत संरक्षण गरि हुर्काउने बताउदै आगामी दिनहरुमा पनि यस्तै सात सहयोगको अपेक्षा रहेको बताए।आयोजकले यस अभियानलाई नेपाल–जापान मित्रताको प्रतीक तथा वातावरण संरक्षणतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

धुनिवेशी नगरपालिकाको आयोजनामा तथा लभ ग्रीन नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा नेपालका लागि जापानका राजदूत मायदा टोरु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, लभ ग्रीन नेपालकी अध्यक्ष अमिरा दली, जापानी प्रतिनिधिमण्डल तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।