News 24 Television
गृहमन्त्री सुधनको सक्रियतासँगै जोगियो मधेस, स्वार्थ समूह परास्त

काठमाडौं । मधेसमा फैलिएको धार्मिक द्वन्द्व तत्कालनका लागि साम्य भएको छ । गृहमन्त्री सुदन गुरुङ र रास्वपा सांसदहरुको मध्यस्थतामा दुई समुहको असमझदारी समाधान उन्मुख भएको हो । 

पीडित परिवार, धार्मिक समुह तथा विभिन्न पक्षसँगको सहमतिले राहत मिलेको हो । निकै उत्कर्षमा पुगेको मधेस घटना साम्य पार्न गृहमन्त्री सुदन गुरुङ लागि परेका छन् । 

मधेस प्रदेसलाई धार्मिक द्घन्द्घको रणमैदानमा बनाउने खेल तत्कालका लागि रोकिएको छ । दुई समुहलाई उचालेर रणमैदान बनाउने र सरकार नै असफल बनाउने केहि धार्मिक तथा अतिवादी शक्तिहरु र केही मधेस केन्द्रीत दलको योजना पनि विफल भएको हो । 

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’का विश्वास पात्र गृहमन्त्री सुदन गुरुङ फिल्डमा उत्रिएपछि घटना मथ्थर हुन पुगेको हो । गृहमन्त्री गुरुङ, रास्वपा सांसद मनिष झा र संयुक्त हिन्दु मोर्चा विच १९ बुँदे सहमति भएको छ । यो सँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता भएका छन् । 

सुरुमा १३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो भने पछि केहि थप गरिएको हो । १९ बुँदा मध्य पहिला नम्बरको बुँदामा तीन महिना भित्र हिन्दु राष्ट्र बनाउने विषयले भने राष्ट्रिय चासो पाएको छ । तर आन्दोलनरत पक्षले राखेको मागपत्र बुझ्ने काम गरेको तर लिखित सहमति नभएको वार्तामा सहभागी धनुषाका प्रजिअको भनाई छ । यद्यपी यो सहमतिसँगै देशमा अब धार्मिक द्धन्द्ध नहुनेमा गृहमन्त्री गुरुङ विश्वस्त देखिएका छन् । 

सहमतिसँगै अहिले मधेसले केहि राहत र शान्तिको महसुस गरेको छ । यद्यपी सरकारले छिटोगरी घटनातर्फ सक्रियता बढाएको भए ४ जना युवाको दुःखद निधन भने हुने थिएन । विपक्षी र मधेस केन्द्रीत राजनीतिक दलको चर्काे दबाबले मधेस घटना राजनीतिकरणको बाटोमा थियो । 

सुनसरी मात्रै होइन, मधेसका विभिन्न जिल्ला र देशमै द्वन्द्व फैलिने त्रास हालका लागि रोकिएको छ । वार्तामा सहभागी हिन्दु सेनाका प्रतिनिधिहरु आन्दोलनको  कार्यक्रम स्थगित भएको र सहमति कार्यन्वयन हुनेमा विश्वस्त देखिएका छन् ।

हिन्दु सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवले धर्मका आधारमा कुनैपनि आयोग गठन नगरिने, मदरसा तथा मस्जिदको ‘फन्डिङ’ (कोष परिचालन) र धार्मिक स्थलहरूमा प्रयोग गरिने लाउड स्पिकरको व्यवस्थापन लगायतका विषयमा समेत समझदारी भएको बताएका छन् । 

सहमतिमा के छ ?

–आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तुरुन्त रिहा गर्ने ।

–पक्राउ परेका र आन्दोलनमा सहभागी व्यक्तिहरूमाथि कुनै पनि किसिमको मुद्दा नचलाउने । 

–आन्दोलनका दौरान भएको गोली प्रहारको घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मी माथि कारबाही गर्ने । 

–नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा पहल गर्ने र आवश्यक गृहकार्य तथा कार्यान्वयनका लागि समिति गठन गर्ने ।

–धर्म र समुदायको नाममा रहेका अनावश्यक निकायहरू खारेज गर्ने । 

–विरोध र आन्दोलनका कार्यक्रम फिर्ता लिने । 

राजावादी र मधेसवादी दलले थापेको ढोक्सा फेल !

नेपाल बहुभाषी, बहुधार्मिक र बहुसास्कृतिक विविधता भएको मुलुक हो । पृथ्वीनारायण शाहले भनेजस्तै नेपाल चार जात ३६ बर्णको फुलबारी हो । तर राजनीतिक स्वार्थ केन्द्रीत समुहले मधेसमा धार्मिक द्घन्द्घ मार्फत् वर्तमान सरकार र व्यवस्था नै असफल पार्न खोजेका थिए । तर ती प्रयासहरु असफल भए । 

विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीले घटना उग्र पार्न खोलेको विश्लेषण भएको थियो । सिके समुहले मधेस र केन्द्रमा राजनीतिक स्पेस बढाउन खेलेको चर्चा भएको हो । यी दुबै पक्षको उदेश्य तत्कालका लागि असफल भएको छ । आइतबारदेखि मधेसका विभिन्न जिल्लामा सद्भाव ¥याली निकालिएका छन् । यसले धर्मको नाममा भएको अशान्ति साम्य हुनेमा विश्वास कायम गरेको छ ।

सरकारले के सिक्ने ? 

मधेसमा दुई समुह विचको मतभेद्ले चार जना युवाले अनाहकमै ज्यान गुमाउनु प¥यो । भविष्य यस्ता घटना हुन नदिन सरकार, सुरक्षा निकायदेखि राजनीतिक र धार्मिक समुहले सजग बन्नुपर्ने पाठ सिकाएको छ । सरकार मातहातका निकायले भावि दिनमा गर्नुपर्ने कार्य बारे चर्चा गरौं ।

–स्थानीय प्रशासन र सुरक्षा निकायलाई चुस्तदुरुस्त पार्ने 

–पूर्व सूचना, हतियार नियन्त्रण र कारबाहीमा तदारुकता

–संचार माध्यम र सामाजिक संजालको नियमन

–गलत सूचनाको नियमत र सद्भाव सामग्रीको प्रचार

–धार्मिक र राजनीतिक नेतृत्व उत्तरदायी

–धामिर्क समुहमा देखिएको राजनीतिकरणको अन्त्य र साझा उदेश्य

–स्थानीय स्तरमा नागरिक समाज र संवाद कायम राख्ने 

–संयुक्त मेला र महोत्सवको आयोजना 

–जनचेतना र अभिमुखिकरण बढाउने 

–पाठ्यक्रम र भिडियो डकुमेन्ट्री मार्फत सचेतना मुलुक सामग्री समेट्ने 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update