News 24 Television
अध्यक्ष नछाड्ने ओली अस्त्र, प्रदेश सरकार निर्माणको गलफत्ति थप बढ्दै !

काठमाडौं । प्रदेश सरकार फेर्ने चर्चाकाबीच सत्ता नेतृत्वको पेचिलो अभ्यास चलिरहेको छ। प्रदेश सरकार निर्माणको सकसका कारण एमालेभित्रको राजनीति पनि तरङ्गित बन्न पुगेको छ। प्रदेश सरकार निर्माणमा देखिएको भाँडभैलो नेतृत्वको टकरावमात्रै नभई यो केपी ओलीले अध्यक्ष पद नछाड्ने बलियो उदाहरण समेत बन्ने देखिन्छ । 

कांग्रेस एमालेको सत्ता समिकरण भत्किएपछि बनेको नयाँ सत्ता सहकार्यको सम्झौता कार्यान्वयनमा आउन कठिनाई भइरहेको देखिन्छ। कर्णालीमा सरकार गठन त भएको छ तर, मन्त्रीहरु छैनन्। मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टीका मंगलबहादुर शाही छन तर, सबै मन्त्रालयको जिम्मेवारी उनीआफैले लिएका छन्। 

यता, सुदूरपश्विम प्रदेशमा पनि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छैनन्। यी प्रदेश नेकपाको भागमा परेका छन्। भने अन्य ३ प्रदेशको सरकार एमालेले नै नेतृत्व गरिरहेको छ। तर, सरकार निर्माण पेचिलो बन्न पुगेको छ। 

कोशीको तनाव चुलिदै

कोशी प्रदेशको सरकार निर्माणका निम्ति एमालेले आन्तरिक रुपमा गरिरहेको अभ्यासले अनेक प्रश्न उब्जिएका छन्। मुख्यमन्त्रीबाट राजीनामा दिदा संवैधानिक संकट निम्तिने दाबी गरिरहेका हिक्मतबहादुर कार्कीले आफूले राजीनामा नदिने भनिरहेका छन्। तर, एमालेका अध्यक्ष केपी ओलीले उलाई राजीनामा दिन निर्देशन दिइरहेका छन्। छलफल चलिरहेका छन्। यद्यपी निष्कर्ष निस्किन सहज देखिन्न। कोशीमा ओलीले तिलकुमार मेन्याङ्गोलाई मुख्यमन्त्री बनाउन चाहेका छन्। तर, एमालेभित्रको आत्तरिक राजनीतिमा देखिएको वदलावका कारण संकट देखिन्छ। 

बागमतीमा सत्ताको जोड घटाउ रोचक बन्दै

बागमती प्रदेशमा सत्ताको हिसाब रोचक बन्दै गएको छ। एमाले र नेकपाको सहमतिअनुसार एमालेले यो प्रदेशमा सरकाारको नेतृत्व लिने सहमति छ। तर, यहाँ एमालेभित्रको आन्तरिक किचलोकाबीच मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नयाँ चाल चलिरहेका छन्। हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई भौतिक मन्त्री बनाएर मुख्यमन्त्री बानियाँले एमालेलाई सरकार बनाउन चुनौती पेश गरिसकेका छन्। अब एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सामेल गराउन नसके सरकार नै नबन्ने स्थिति बन्ने देखिन्छ। जसअनुसार एमालेभित्र मुख्यमन्त्रीको प्रस्तावलाई लिएर मुख्यमन्त्रीका लागि अघि सरेका जगन्नाथ थपलिया केपी ओलीको निवास गुन्डुमा ढलेका थिए। ओलीको हप्कीदप्कीपछि उनी ढलेको बताइएको छ। उनले वीर अस्पतालमा भर्ना भएरै उपचार गराएका छन्।

प्रदेश सरकार निर्माणमा एमालेभित्रको आन्तरिक राजनीति तरङ्गित मात्रै बनिरहेको छैन्, ओलीलाई खुलेआम चुनौती दिन थालिएको छ। महासचिव शंकर पोखरेलले नै ओलीलाई कडा चुनौती दिइरहेको बेला पार्टी पनर्गठनका निम्ति भन्दै प्रतिवेदन लेखिरहेका पोखरेलले के गर्लान? चासो यसतर्फ देखिन्छ। 

ओली थप आक्रामक

एमाले अध्यक्ष केपी ओलीले अध्यक्ष पद छाडेर एमालेलाई जोगाउनुपर्ने भन्ने गरेका नेताहरुलाई छुट्टै दल गठन गर्न चेतावनी दिन थालेका छन्। ओलीलाई पार्टी नेतृत्व छाड्नुपर्छ भन्दै गुन्डु पुग्ने नेताहरुलाई माधव नेपाल–झलनाथ खनालसंग जोड्दै कि उतै जान नभए नयाँ दल गठन गर्न भन्ने गरेका छन्। 

आफूले नेतृत्व छाड्ने स्थिति बनेमा युवा पुस्तालाई छाड्ने दाबी गरिरहेका ओलीले यता प्रदेश सरकार समन्वयबाट अघि बढ्दै नेकपासंग एकताको तयारी समेत गरिरहेका छन्। आफू एमालेभित्र चर्को घेराबन्दीमा पर्ने वित्तिकै नेकपासंग एकता गर्र्ने र आफू पार्टी अध्यक्ष बनेर प्रचण्डलाई संसदीय दलको नेता बनाउने गरि सहमतिको नजिक पु¥याएको बताइन्छ। 

त्यहि भएर नै नेकपा एमालेका दोश्रो तहका नेताहरुले तत्कालीन नेकपा विभाजनको कारण खोज्नुपर्ने कुरालाई कोट्याउन थालेका छन्। यस्तोमा एमालेले प्रदेश सरकार निर्माणमा नेकपाबाट भागबण्डाको रुपमा आफ्नो पक्षमा पारेका प्रदेशहरु समेत गन्जागोल बन्न पुगेका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update