काठमाडौं । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट थाइल्याण्ड पुगेका छन्। नेपाल आउने तयारीमा रहेका देउवा किन थाइल्याण्ड पुगे ? लामो समय हङकङमा बसेका देउवा नेपाल फर्किने समय नजिकिदै गर्दा उनीमाथि लागेका आरोप र उनको राजनीतिक अवस्थाबारे प्रश्न र चासोहरु देखिन्छन् ।
उपचारका लागि भन्दै फागुन २१ को निर्वाचनअघि नै उनी फागुन १३ गते सिंगापुरतर्फ लागेका थिए। पत्नी आरजु राणा देउवासहित सिंगापुरमा रहेका देउवा त्यसपछि हङकङ पुगे। हङकङमा लामो समय विताएका उनी अब नेपाल फर्किने भएका छन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वसभापति देउवा आगामी बिहीबार अर्थात साउन २८ गते मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुनेछन् । देउवा नेपाल आउन लागेपछि कांग्रेसको इतरपक्षले भव्य स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता कार्यकर्तालाई आह्वान नै गरिसकेको छ।
उपचारका लागि भन्दै फागुन २१ को निर्वाचनअघि नै उनी फागुन १३ गते सिंगापुरतर्फ लागेका थिए। पत्नी आरजु राणा देउवासहित सिंगापुरमा रहेका देउवा त्यसपछि हङकङ पुगे। हङकङमा लामो समय विताएका उनी अब नेपाल फर्किने भएका छन्। भने कांग्रेसको इतर पक्षले आयोजना गरेको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने भनिएको छ।
कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बनिरहेको बेला संस्थापन पक्षले पनि दबाब बढाइरहेको देखिन्छ। अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम हुने भन्दै सभापति गगन थापाले विशेष महाधिवेशनको औचित्य पुष्टी हुने भनिरहेका छन्। यस्तै उनले न्यायपालिकाको विश्वास गर्ने पनि भनेका छन्।
सर्वोच्च अदालतले कांग्रेस विवादको मुद्दामा पुनरावलोकन गर्नका निम्ति निस्सा दिएपछि कांग्रेसमा तनाव देखिन्छ। अदालतको निर्णयले कांग्रेसमा दुबै पक्ष तरङ्गित बनिरहेका छन्। यस्तो निर्णयपछि नै देउवा नेपाल फर्किन बाध्य बनेको कतिपयले जनाइरहेका छन्। देउवा २८ गते नेपाल फर्किने र २९ गतेको भेलालाई सम्बोधन गर्ने भनिएको छ।
गगनले स्वागत गरे के होला ?
पार्टीका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किदा इतर पक्षले भव्य स्वागतको आह्वान गरिसकेको छ। यस्तोमा देउवालाई स्वागत गर्न कांग्रेस सभापति गगन थापा विमानस्थल पुगे के होला ? के गगनले यस्तो गर्न सक्लान ? राजनीतिक वृत्तमै प्रश्न र चासोहरु देखिन्छन्।
आफ्नो पार्टीको पूर्वसभापति, पूर्वप्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय खर्चिएको नेतालाई ठूलो हृदय बनाएर गगन आफै स्वागत गर्न पुगेमा मात्रै पनि परिस्थिति फेरिन सक्ने बताइन्छ। इतर पक्षसंगै मिलेर गगनले देउवालाई माला लगाउन पुग्दा कांग्रेसमा यसले आन्तरिक एकताको दबाब बढाउने बताइन्छ। तर, गगनले यस्तो गर्नेमा धेरैले विश्वास भने गरेका छैनन्।
पक्राउको सम्भावना के ?
शेरबहादुर देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ जारी भएको थियो। तर, सर्वोच्च अदालतले क्षेत्राधिकारको विषय उठाउदै पक्राउ पुर्जीलाई निष्क्रिय पारिसकेको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम काठमाडौँ जिल्ला अदालतले २०८२ साल चैत २२ र २४ गते देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर, सर्वोच्चले अदालतले क्षेत्राधिकार मिचेको ठहर गरेको थियो। यद्यपी यो अभियोगमा देउवाविरुद्ध अनुसन्धान चलिरहेको प्रहरीले जनाउने गरेको छ। यस्तोमा प्रहरीले देउवालाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्न सक्छ। तर, यसको सामना भने अदालतमा गर्नुपर्ने हुन्छ। अब जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन नसक्ने स्थिति भएका कारण पनि प्रहरीले विशेष अदालततर्फ आफुलाई केन्द्रिकृत गर्नुपर्ने हुन्छ।
