रेड बुलद्वारा राहत तथा पुनर्स्थापनाका लागि रु. २ करोड सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकम सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति र ऐक्यबद्धता प्रकट गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १९:५०
प्रतिक्रिया दिनुहोस्
