News 24 Television
एथर नेपालको १३ औं एक्सपिरियन्स सेन्टर धरानमा विस्तार, विद्युतीय सवारी सञ्जाल थप मजबुत

काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले धरान-१, छाता चोकमा आफ्नो १३ औं एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाडौँ, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडपछि धरानमा विस्तार भएको यो नयाँ आउटलेटको उद्घाटन कामु मेयर ऐन्द्रविक्रम बेघा र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो। आधिकारिक उद्घाटन अगावै २५ भन्दा बढी बुकिङ भइसकेको यस सेन्टरको अवसरमा कम्पनीले भदौ २३, २०८३ सम्मका लागि विशेष ओपनिङ अफर (थप ब्याट्री वारेन्टी, ०% ब्याजमा ५०% डाउनपेमेन्ट, वा रु. ८,००० को थप भ्यालुएसन) समेत सार्वजनिक गरेको छ।

यस नयाँ सेन्टरमार्फत पूर्वी नेपालका ग्राहकहरूले एथरको प्रसिद्ध ४५० सिरिज, नयाँ जेनेरेसनको ४५०X ओभरटोन सिरिज र पारिवारिक प्रयोगका लागि उपयुक्त 'रिज्ता' (Rizta) स्कुटरको प्रत्यक्ष अनुभव र टेस्ट राइड लिन सक्नेछन्। नयाँ ४५० प्लेटफर्ममा म्याजिक ट्विस्ट (थ्रोटलबाटै गति घटाउने), इन्फिनिट क्रुज र भ्वाइस कमान्डजस्ता आधुनिक प्रविधिहरू समावेश छन्। एथरका उत्पादनहरूले प्रयोगकर्तालाई प्रविधि, कार्यक्षमता र आरामदायी यात्राको उत्कृष्ट सन्तुलन प्रदान गर्छन्।

नेपालमा विद्युतीय सवारीको पहुँच बढाउनका लागि वैद्य इनर्जी (नेपालका लागि एथरको आधिकारिक वितरक) ले बिक्रीपछिको सेवा र पूर्वाधार निर्माणमा जोड दिएको छ। कम्पनीले ग्राहकको विश्वास जित्न ८ वर्ष वा ८०,००० किमी ब्याट्री ग्यारेन्टी (८०% सम्म हेल्थ रिटेन्सन) दिने 'Ather Eight70' योजना, १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड स्थापना गरिसकेको छ। फास्ट चार्जिङ नेटवर्कमार्फत ४५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ, जसले दैनिक र लामो दूरीको यात्रालाई सहज बनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update