भोटेकोशी बाढीमा आधारित गीत ‘हे निर्दयी प्रकृति’ सार्वजनिक
काठमाडौ । भोटेकोशीको विनाशकारी बाढीले निम्त्याएको दुःख र विनाशको कथामा आधारित भावनात्मक गीत ‘हे निर्दयी प्रकृति’ सार्वजनिक भएको छ। तेन्जी पाख्रिनको शब्द रचना रहेको सो गीतमा बाढीका कारण बगेका हजारौं सपना, उजाडिएका बस्ती, टुटेका परिवार र आफ्ना प्रियजन गुमाएकाहरूको मर्मस्पर्शी पीडालाई प्रस्तुत गरिएको छ।
विपत्तिको बीचमा पनि मानवता, एकता, साहस र आशाको सन्देश गीतले बोकेको छ। यो गीत भोटेकोशी बाढीबाट प्रभावित सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा दिवंगत आत्माहरूको सम्मान र सम्झनामा समर्पित गरिएको गीतकार तेन्जी पाख्रीनले बताएका छन्।
गीत सुनेर पीडितहरूप्रति आफ्नो सम्मान र ऐक्यबद्धता जनाइदिन गीतकार पाख्रिनले सबैलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ १२:२६
प्रतिक्रिया दिनुहोस्


