काठमाडौं । आगामी २० औं एशियाली खेलकुद जापानको नागोया÷आइची शहरमा आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुँदैछ । जापानमा नै करिव दुई हप्ता तयारी गर्ने उद्देश्यसहित नेपाली कराते टोली शुक्रवार त्यसतर्पm प्रस्थान गरेको छ । यसपटकको एशियन गेम्सका लागि आयोजक जापान जाने कराते नेपालको २२ खेलमध्ये पहिलो हो ।
आगामी २० औं एशियाली खेलकुदमा सबैभन्दा आशा गरिएको नेपाली करातेकी एरिका गुरुङले आफ्नो मिहनतअनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छन् ।
एशियाली खेलकुदका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार भएको बिदाइ कार्यक्रममा एरिकाले आफ्नो उत्कृष्ट दिन र त्यहीअनुरूप नतिजा आउने आशा व्यक्त गरेकी हुन् । उनले एशियन गेम्सको प्रतिष्पर्धालाई जीवनकै सबैभन्दा महत्वपूर्ण क्षणका रूपमा लिन पनि उल्लेख गरेकी छन् ।
नेपाली कराते टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहता र नेपाल कराते महासंघका पदाधिकारीले बिदाइ गरेका थिए ।
सो अवसरमा खेलकुदमन्त्री सस्मित पोखरेलले देशलाई गर्व बनाएर एसियन गेम्समा प्रतिष्पर्धा गर्न जाने खेलाडीप्रति गर्वको महशुस भएको बताए ।
नेपाली टोलीका कुमुते प्रशिक्षक कुशल श्रेष्ठले यसपल्ट फरक वातावरणका बीच एशियन गेम्समा प्रतिष्पर्धा गर्न लागेको भन्दै यसले सम्मानित महशुस भएको बताए ।
जापानको हावापानी र खानपानमा खेलाडी घुलमिल होस् भन्ने तरिकाले केही समय अगाडि जान लागेको बताए । मिसन २०२६ को नामबाट लामो समयदेखि प्रशिक्षण गर्दैै आएकाले यसपल्ट तयारी कम भयो भन्ने कसैले पनि छुट नहुने उनको भनाइ छ ।
नेपाली करातेको काताका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले मिसन २०२६ बाट लामो समयदेखि तयारी गरिरहेको र त्यो प्रशिक्षण सबै खेलाडीलाई मद्दत मिल्ने बताए । साथै बन्द प्रशिक्षणले पनि खेलाडीलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ । पहिलोपल्ट देशको झन्डासहित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपी कक्षको सुविधा दिनुले सबैको मनोबल बढेको प्रशिक्षक मण्डेकाजीले बताएका छन् ।
एसियन गेम्सका लागि करातेका ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कातातर्पm नेपालले दुई वटा विधामा प्रतिष्पर्धा गर्दै छ । महिला टिम काता र एकल कातातर्पm नेपालको चुनौती रहनेछ ।
व्यक्तिगत काता सानुमाया थिङ र टिम कातामा उनीसँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले चुनौती दिँदैछिन् । कातमा मन्डेकाजी श्रेष्ठ र कुमुतेतर्पm कुशल श्रेष्ठ प्रशिक्षक छन् । कुमुतेमा एरिकासँगै राकेश मानन्धर, मीनबहादुर तामाङ,तेन्जिन शेर्पा र निरुपा दोङ छन् ।


