News 24 Television
एसिया कपमा पु¥याउने ५ नायकहरु ! सन्दीप, दीपेन्द्र, गुल्शन, अर्जुुन र आशिफ, लक्ष्य भारत–पाकिस्तान हराउने !

काठमाडौं । पछिल्लो केहि महिना आलोचनाको तारोमा परेको नेपाली क्रिकेट पुनः चर्चाको शिखरमा पुगेको छ । शनिबार मलेसियामा सम्पन्न एसीसी प्रिमियर कपको ट्रफी उचाल्दा चर्चा चुलिएको हो । 

सन्दीप नेतृत्वको टोलीले नयाँ इतिहास रच्न सफल पनि भयो । अब नेपालको लक्ष्य भारत र पाकिस्तानलाई पराजित गर्नु हो । नेपाललाई दोस्रो पटक एसिया कपमा पु¥याउन सन्दीप र दिपेन्द्र सहितका खेलाडी नायक बने । थप चर्चा गर्दैछन् ।

ग्लोवल स्टार सन्दीप लामिछाने नेतृत्वको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार नयाँ उडान भर्न सफल भयो । एसीसी प्रिमियर कपको उपाधी उचाल्दै सन् २०२७ को बंगलादेश एसिया कपमा स्थान बनाउँदा खेलाडी र समर्थक मैदानमा खुशिले नाँचे । 

अब नेपालले एसिया कपमा विश्व क्रिकेटका पावरहाउस राष्ट्र भारत र पाकिस्तान प्रतिष्पर्धी पाउने सम्भावना छ । यसपटक नेपाल यी बलिया राष्ट्रलाई पराजित गरेर विश्व क्रिकेटलाई गोर्खाली पावर देखाउन चाहान्छ । तर त्यसका लागि नेपालले भरपुर तयारी र मेहनत गर्नुपर्ने हुन्छ । 

यूएई माथि ४४ रनको ऐतिहासिक जितले नेपाल पुनः एसिया कपमा चन्द्रसूर्य अंकित झण्डा गाड्न सफल भयो । 

अबको लक्ष्य ठुला राष्ट्रलाई शिकार गर्दै नयाँ उपलब्धी हासिल गर्नु हो । आज हामी यो, सफलता हासिल गर्न महत्वपूर्ण भुमिका खेल्ने ५ नायक क्रिकेटर बारे चर्चा गर्दैछौँ । 

१. सन्दीप लामिछाने, कप्तान

बलिङ स्टार तथा कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप जित्दाका प्रमुख नायक हुन् । सन्दीपले सबै खेलमा विकेट लिन सफल हुदाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । ६ खेलमा १७ विकेट लिएका सन्दीपले प्लेयर अफ दी टुर्नामेन्टको अवार्ड हात पारे ।

नेपाल एसिया कपम पुग्नुमा सन्दीप नै मुख्य हकदार हुन् । उनको बलिङ र कप्तानी रणनीतिले नेपाली टोली ट्रफी चुम्न सफल भयो । साथै, सन्दीपले व्यक्तिगत रुपमा ठुलो सफलता हात पार्न सके । 

एकदिवसिय र टि–२० गरी अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट लिने पहिलो एशोसिएट खेलाडी बने । एकदिवसीयमा १५८ र टि–२० मा १४२ विकेट उनको नाममा छ । चार बर्षपछि कप्तानीमा कमब्याक गरेका सन्दीप जादूमयी मात्रै देखिएनन् सर्बत्र छाउने पुगे । 

२. दिपेन्द्रसिंह ऐरी, अलराउन्डर 

टि–२० टोलीका कप्तान तथा अलराउन्डर दिपेन्द्रसिंह ऐरी अनुभवी र जिम्मेवार भुमिकामा देखिनु पनि नेपालको सफलताको कारण हो । दिपेन्द्रले टोलीलाई चाहिएको खण्डमा आफ्नो क्षमता मार्फत् जित दिलाउन सफल भए ।

विशेषगरी सेमिफाइनल खेलमा ओमान विरुद्ध ब्याटिङमा ५१ रन र बलिङमा ३ विकटे लिँदै नायक बने । प्रतियोगितभर मध्यम प्रदर्शन गरेपनि महत्वपूर्ण खेलमा उनले आफ्नो अनुभव र खेलकौशताको भरपुर प्रयोग गरे । समग्रमा उनले १११ रन र ९ विकेट लिन सफल भए । 

३. गुल्शन झा, अलराउन्डर

अलराउन्डर गुल्शन झा नेपाली क्रिकेटका विग म्याच खेलाडी हुन् भन्दा फरक पर्दैन् । नेपाललाई एसिया कपमा पु¥याउन गुल्शनको अलराउन्डर जादुले पनि कम ग¥यो । विशेषगरी फाइनलमा यूएई विरुद्ध गुल्शन हाबी बने ।

विस्फोटक ५२ रनको अर्धशतकीय इनिङ र १ विकेट लिएका गुल्सन नेपालको जितका नायक हुन् । ठुलो टोली विरुद्ध निर्धक्क खेल पस्किन माहिर गुल्शन नेपाली क्रिकेटका एक युवा खेलाडी हुन् । प्रतियोगितामा गुल्शनले १२३ रनका साथ २ विकेट लिएका छन् । 

४. अर्जुन कुमाल, ओपनर 

युवा ब्याटर अर्जुन कुमालले विश्व मञ्चलाई खेलकौशता देखाए । ओपनरको भुमिका निर्वाह गरेका उनले आफ्नो क्लासिक खेल मार्फत समर्थकको मन जिते । सेमिफाइनलमा ओमान विरुद्ध बेन्चमा बसेका अर्जुनले पाँच खेलमा महत्वपूर्ण १५३ रनको योगदान दिए । 

कुल, काम र क्लासिक खेल पस्किएका उनी बारे त्यति चर्चा नभएपनि उनको महत्वपूर्ण योगदा रह्यो । त्यसैले हामीले उनलाई नायक मानेका छौँ । उनी नियमित ओपनर खेलाडी हुनेमा कुनै शंका छैन् । 

५. आशिफ शेख, ओपनर 

अनुभवी ओपनर आशिफ शेखले फाइनल खेलमा शतकीय प्रदर्शन गर्दै नायक बने । यूएई विरुद्ध उनकै १०२ रनको योगदानमा नेपाल च्याम्पियन बन्न सफल भयो । पछिल्लो एक दशक राष्ट्रिय टोलीको नियमित खेलाडी आशिफले फाइनलमा आफ्नो अनुभवको भरपुर फाइदा उठाउन सके । 

उनकै नायकी प्रदर्शनमा नेपालले ट्रफी उचाल्दै एसिया कपमा स्थान बनाउन सफल पनि भयो । प्रतियोगिताभर उनले १९५ रन बनाए । यी पाँच जना नायकी प्रदर्शन गर्ने खेलाडीका अलवा बलर करण केसी र ललित नारायण राजबंशीले पनि सानदार प्रदर्शन गरे । 

दुबै जनाले १०\१० विकेट हात पारेको नतिजा छ । उसो त क्रिकेट टिम गेम हो । टोलीमा सहभागि अन्य खेलाडी र व्यवस्थापन पक्षको पनि उत्तिकै भुमिका छ । 

पर्दा पछाडीका नायक स्टुआर्ट ल !

एसीसी प्रिमियर कप प्रतियोगिताको ट्रफी जितेर दोस्रो पटक एसिया कपमा स्थान बनाउँदा पर्दा पछाडी मुुख्यप्रशिक्षक स्टुआर्ट ल पर्दा पछाडीका नायक हुन् । उनकै प्रशिक्षण र रणनीतिक चालमा नेपाल सफलता हात पार्न सफल भएको हो । अब नेपालले लगातार दोस्रो पटक एसिया कप खेल्न लागेको छ । तर अब नेपालको लक्ष्य एसिया कप खेल्नेमा मात्रै सिमित हुँुनु हुँदैन । अब हाम्रो लक्ष्य एकदिवसीय विश्वकप खेल्ने हुनुपर्छ । यसका लागि नेपाल क्रिकेट संघ क्यान र खेलाडीले थप अथक महेनत गर्नुपर्नेछ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update