News 24 Television
उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा

समरकन्द, उज्बेकिस्तान । उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् । जहाँ नेपाली राष्ट्रिय चेस टोलीले विश्वभरका अन्य टोलीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ।

यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताले विश्व खेलकुद मञ्चमा देशको अर्को एक महत्वपूर्ण उपस्थिति जनाएको छ । साथै, यसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र सांस्कृतिक आदान–प्रदानमार्फत उज्बेकिस्तानसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।

22-1789979601.jpg
ओलम्पियाडको दौरान, उज्बेकिस्तानका लागि नेपालकी गैर–आवासीय राजदूत रीता दाहालबाट नेपाली टोलीका लागि शुभकामना तथा हौसलापूर्ण सन्देश प्रदान गरेकी छिन् । समरकन्दमा टोलीसँगको भेटघाटका क्रममा एसिया इन्टरनेशल युनिभर्सिटी उज्वेकिस्तानका भाइस रेक्टर डा। किशन भण्डारीले खेलाडीहरूलाई उक्त सन्देश हस्तान्तरण गरेका थिए । 

अन्तर्राष्ट्रिय चेस महासंघ फिडेको आयोजनामा सञ्चालित यस ओलम्पियाडमा ’ओपन’ र ’महिला’ दुवै विधामा बिभिन्न  राष्ट्रका राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । विश्वकै प्रमुख टोलीहरुको सहभागिता रहेको यो विश्व स्तरीय चेस प्रतियोगितामा नेपाली खेलाडीहरुले पनि राम्रो प्रतिष्पर्धा गर्ने अनुमान गरिएको छ । 

33-1789979616.jpg
नेपालबाट सहभागी खेलाडीहरुमा खुल्ला तर्फ क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल ( २०९३ ०, फिडे मास्टर रुपेश जयसवाल ( २१५१ ०, क्यान्डिडेट मास्टर सुश्रुत दाहाल ( २०३८ ०, आशिष फुँयाल ( २००८ ०, राजन सुवेदी ( १९६७ ० रहेका छन् । खुल्ला टोलीको कप्तानमा किरिल कुदेरिनोभ रहेका छन् । 

यस्तै महिलातर्फ एन्जेल महर्जन १६४४,कृतिसरा अधिकारी १७४४,पूजा भण्डारी १६८२,निहाना श्रेष्ठ १५७५,सिन्दिरा जोशी (१५६५० रहेका छन् । महिला तर्फको कप्तानमा रिजेन्द्र राजभण्डारी रहेका छन् । 

नेपाली टोलीको नेतृत्व नेपाल चेस एसोसिएशनका महासचिव धर्मबहादुर लामाले गरेका छन् ।

44-1789979633.jpg
चेसको सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मध्येको एक यो प्रतियोगितामा नेपालको झण्डा फहराउँदै नेपाली टोलीले समरकन्दमा गर्वका साथ देशको प्रतिनिधित्व गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update