काठमाडौं । नेपाली कांग्रेसले आफुलाई बदलिएको र रुपान्तरित कांग्रेस भनिरहेको छ । निति, विधि र नेतृत्वमा परिवर्तन गरेको गगन थापा नेतृत्वको कांग्रेसको ठम्याई हो । तर कार्यान्वयनमा भने फितलो देखिएको छ । पाँच दिनदेखि जारी महाधिवेसनमा ढिलो गरी मतदान हुनु र चुनावी शैली पुरानै ढर्राको अपनाइनुले प्रश्न गम्भिर बनेका छन् ।
नेपाली राजनीतिको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले १५ औँ महाधिवेसन डिजिटल र प्रविधिमैत्री बनाउने घोषणा ग¥यो । असोज १८ का दिन महाधिवेसन उद्घाटनका बेला सभापति गगन थापाले पनि नेता कार्यकर्तालाई भड्किलो प्रचारशैली प्रयोग नगर्न सुझाए । महाधिवेसन अघि नै विज्ञप्तिमार्फत् भड्किलो प्रचार शैलीमा रोक लगाइएको पनि थियो । तर कांग्रेस महाधिवेसनमा भने ठिक विपरित अत्याधिक मात्रामा पोस्टर, पम्पलेट र ब्यानर जस्ता सामग्रीहरू प्रयोग भएको र महाधिवेशनस्थल नै फोहोर भएको देखियो ।
खोई प्रविधिमैत्री ?
भड्किलो प्रचार शैली मात्रै होइन्, कांग्रेस महाधिवेसन प्रविधिमैत्री पनि बन्न सकेन् । निर्वाचनमा विद्युतीय मतदान गर्न सकिनेसम्मका अड्कलबाजी नगरिएका होइनन् । तर कांग्रेसले त्यहि पुरानै शैलीमा चुनाव गरायो । कागजी मतपत्र र बाक्सामै चुनाव गराउन सफल भयो ।
सुरुमा पेपरलेस अर्थात विधुतीय मतदान घोषणा गरे पनि प्रयोग भएन । यसले एआई र डिजिटल कांग्रेसको बयान गर्ने पनि प्रबिधिमैत्री बन्ने सपना पुरा गर्न नसकेको स्पष्ट हुन्छ । भन्नलाई त कांग्रेस सभापति गगन थापाले कुनै समय किर्तिपुरको डाँडामा बसेर लाखौँ कमाउन सकिने दाबी गरेका थिए । तर प्रयोगमा भने आफ्नै पार्टीको चुनावी प्रचार शैली र प्रविधीको प्रयोगमा पुरानै ढाँचा अवलम्बन गरियो किन ?


