काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको चटारो बढेको छ। भारतले पनि वालेन्द्रको भारत भ्रमण गराउनका निम्ति चासो बढाएको छ भने औपचारिक निमन्त्रणा दिनका लागि भारतीय विदेशमन्त्री विक्रम मिश्री नेपालमा छन् । उनले बिहीबार प्रधानमन्त्रीलाई भेटेर औपचारिक निमन्त्रणा समेत दिनेछन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तीब्र तयारी चलिरहेको बेला भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा छन् ।
उनी वालेन्द्रकै शैली पछ्याउदै कालो चस्मा लगाएर नेपाल ाएको भन्दै चर्चा चलिरहेको बेला उनले नेपालमा भेटघाट तीब्र पारेका छन् । समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसंगको भेटमा मिश्रीले नेपाल नजि कको मित्र भन्दै बाढीपछिको पुनर्मिमाणमा सघाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
समकक्षीसंगको भेटसंगै उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतका अधिकारीलाई भेटिसकेका छन् ।
यसअघि भारतबाट आउने पदाधिकारीहरुले अन्य दलका नेताहरु समेत भेट्ने प्रचलन भने यो पटक तोडिने भएको छ। मिश्रीले कुनैपनि शीर्ष नेताहरुसंग उनले भेट्ने कार्यक्रम राखिएको छैन् । यस्तै, मिश्रीले प्रधानमन्त्री वालेन्द्र शाहलाई बिहीबार मात्रै भेट्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मिश्रीले वालेन्द्र शाहसंग शिष्टाचार भेटवार्ता गर्नेछन् । उनले सोहि भेटमा औपचारिक रुपमा भारत भ्रमणको निमन्त्रणा समेत दिनेछन् ।
निमन्त्रणा दिएसंगै उनी दिल्ली बिहीबार नै जानेछन्। भने प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमणको मिति समेत औपचारिक रुपमा सार्वजनिक गरिने जनाइएको छ।
भारतको चासो
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका निम्ति भारतले उच्च चासो देखाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रुपमा प्रधानमन्त्री बनेकै दिनमा निमन्त्रणा दिएको दाबी गर्दे भारतले उनलाई भव्य स्वागतको तयारफ समेत गरेको बताइन्छ ।
यस्तोमा वालेन्द्रको भारत भ्रमण र दुई देशबीच कस्ता सम्झौता हुन्छन र भ्रमणका एजेण्डा कसरी तय गरिन्छन भन्ने चासो बढेको छ। भारतवेष्टित अवस्थामा रहेको नेपालले शक्तिशाली सरकारको प्रतिनिधित्व गर्दै वालेन्द्रले दिने सन्देशले नेपालको सार्वभौमिकता र स्वत्वबारेको सन्देश थप प्रष्ट हुनेछ ।


