सर्लाही । सर्लाही र रौतहटमा सिँचाई सुविधा पु¥याउँदै आएको बागमती सिँचाई आयोजनाका २ सय ६४ जना ज्यालादारी कर्मचारीले तीन दिन देखि हातमा कालोपट्टी बाधेर कार्यालय परिषरमा धर्ना सुरु गरेका छन् ।
३० सालदेखि दिनरात घामपानी नभनी कार्यरत आफूहरुलाई ५८ वर्षीय उमेर हद लगाएर कामबाट निकाल्न खोजिएको भन्दै सर्लाहीको कर्मैयास्थित बागमती सिँचाई आयोजनाको गेटमा ज्यालादारी कर्मचारीले धर्ना सुरु गरेका हुन् ।
सर्लाही र रौतहटमा सिँचाई सुविधा पु¥याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले सोमबारदेखि कार्यालयमा धर्ना सुरु गरेका छन् । ५८ वर्षीय उमेर हद लगाएर कामबाट निकाल्न खोजिएको भन्दै सर्लाहीको कर्मैयास्थित बागमती सिँचाई आयोजनाको गेटमा ज्यालादारी कर्मचारीले धर्ना सुरु गरेका हुन् ।
उनीहरुले उमेर हद खारेज गर्न, कात्तिक ११ गते प्रकाशित शर्तहरु सुधार गर्न, आयोजनाले २०७५ वैशाख ३१ गते बनाएको समितिको सेवा सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न, चाडपर्व खर्च, पोसाक र महँगी भत्ताको व्यवस्था गर्न तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग सहित कर्मचारीहरु धर्नामा बसेका हुन् ।
यी माग पुरा गर्न आफूहरु पहिलो चरणमा कात्तिक २० गतेसम्म कार्यालय समयमा कालोपट्टी बाँधेर धर्नामा बस्ने र माग पुरा नभए मङ्सिर १ गतेदेखि तालाबन्दीमा उत्रिने बताएका छन् ।
जागिरमा लगाईएको उमेर हद हटाईयोस,उमेर बाकी भएका कर्मचारीको जागिरको सुनिश्चितता गरियोस र दशै खर्च,पोशाक भत्ता तथा सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका मागहरु सहित आफुहरु धर्नामा बसेको ज्यालादारी कर्मचारी ध्रुब प्रसाद कणेलले बताए ।
यस आयोजना मै काम गर्दा गर्दै श्रीमान बितेपछि २०५१ साल देखि नै आफु निरन्तर काम गर्दै आईरहेकोले अचानक आएर ५८ वर्ष उमेर हद लगाएर आफुहरुलाई घरको न घाटको बनाउन खोजिएको उनीहरुको गुनासो छ ।
उता कार्यविधि अनुसार ५८ वर्ष पुगेका ज्यालादारी कर्मचारीलाई काममा नलगाउने व्यवस्था बमोजिम कार्यालयले सुचना प्रकाशित गरेपछि कर्मचारीहरु धर्नामा बसेको बागमति सिचाई आयोजना कर्मैया सर्लाहीका प्रमुख सुरेन्द्र पौडेलको भनाइ छ ।
परियोजनाका ज्यालादारी कर्मचारीले नहरको रेखदेख, माली, सुरक्षागार्ड, चालक, प्लम्बर, सरसफाइ लगायतको काम गर्दै आइरहेका छन् ।
५८ वर्षीय उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका २४४ जना र बागमती–मनुष्मारा–झाँझ सिँचाई व्यवस्थापन कार्यालय कर्मैयाका २० जना गरी २६४ जना ज्यालादारी कर्मचारी आन्दोलित बनेका छन् ।


