ललितपुर । नेपाल संवत् ११४७ को अवसरमा ललितपुरको गोदावरी नगरपालिका–१२, थेचोमा उपत्यकाव्यापी मण्डला (मन्दः) प्रतियोगिता आयोजना हुने भएको छ ।
झी झी पुचः ठेचोको आयोजनामा यही कार्तिक २४ गते मंगलबार प्रतियोगिता हुन लागेको आयोजक संस्थाका उपाध्यक्ष धर्मेन्द्र महर्जनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ र ट्रफी सहित रिनिङ सिल्ड, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ र ट्रफी र तृतीय हुनेलाई १० हजार रुपैयाँ र ट्रफी पुरस्कार प्रदान गरिनेछ ।

नेपाल संवत्को अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगितालाई आयोजकले विक्रम.संवत २०७२ सालदेखि निरन्तरता दिँदै आएको उपाध्यक्ष महर्जनले बताए ।
प्रतियोगिताले मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक अनिल महर्जन र धर्मेन्द्र महर्जनलाई सम्पर्क गर्न सकिने पोस्टरमा उल्लेख छ ।



