News 24 Television
म्याक्स टाइगर खाँदा लाखौँ पर्ने कार, ककनीका प्रदीप लामाको भाग्य चम्कियो !

काठमाडौँ । नेपालको इनर्जी ड्रिंक बजारमा म्याक्स टाइकरले आफ्नो प्रभुत्व जमाउँदै गएको छ । बम्पर पुरस्कार दिने अभियानले ग्राहक पनि आर्कषित हुँदै गएका छन् । कम्पनीले म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैँ धमाका २०२६’ अफर बम्परमा प्रोटोन कार विजेतालाई साँचो हस्तान्तरण गरेको छ । कार विजेता ककनीका प्रदीप लामा बनेका छन् । 

पछिल्लो समय नेपाली बजारमा म्याक्स टाइगर इनिर्जि ड्रिंकले आफ्नो प्रभुत्व जमाइरहेको छ । नेपाली उत्पादन भएको हुनाले पनि ग्राहकको रोजाइमा पर्ने गरेको पाइन्छ । ग्राहकलाई आकर्षित गर्न म्याक्स टाइकर कम्पनीले विभिन्न अफर ल्याउने गरेको छ । ती अफर ग्राहकको जिवन यात्रामै ठुलो राहत पुग्ने किशिमका छन् । कम्पनी हिन्दुहरुको महान चाडपर्व बडा दशैँमा ल्याएको दशैँ ‘धमाका’ अफरले नुवाकोट ककनीका प्रदिप लामाले लाखौँ पर्ने कार जितेका छन् । पोखराबाट काठमाडौँ आउँदै गर्दा मुग्लिनमा म्याक्स टाइगर इनिर्जी ड्रिंक्स खरिद गरेर प्रयोग गर्दा प्रोटोन कार जित्न सफल भएका हुन् । कार विजेता लामालाई आइतबार काठमाडौँको सिफलमा एक विशेष कार्यक्रमका विच साँचा. हस्तान्तरण गरिएको छ । कम्पनीमा प्रतिनिधि कृष्ण दाहालले उनलाई साँचो हस्तान्तरण गरेका हुन् । 

म्याक्स टाइगर किन्दा कार परेपछि प्रदीप लामा दंग छन् । सुरुमा आफुलाई विश्वास नभएको तर पछि कम्पनीलाई फोन गरेर बुझ्दा भाग्य चम्किएको सुनाँए । 

यता, कम्पनीले आफ्ना ग्राहाकहरुलाई उपहारको कुनै कमि नराख्ने बाचा गरेको छ । अझै १८ जनालाई बाइट र स्कुटर पुरस्कार जित्ने सक्ने अवसर ग्राहकलाई छ । कम्पनीका अनुसार पछिल्लो समय म्याक्स टाइगर इनर्जी डिं«क्सको विश्वब्यापी कम्पनी बन्दै गएको छ । अमेरिका, जापान र साउदी सहित देशमा यसको बजार विस्तार भएको छ । यसले नेपाली कम्पनी स्थापित हुने ठुलो विश्वास बढ्दै जाँदा नेपाली गर्व गर्नुपर्ने कम्पनीका प्रतिनिधि कृष्ण दाहाल बताउँछन् । 

दाहालका अनुसार टाइगर म्यास र एक्स्ट्रिम इनर्जी डिं«क कम्पनीले बजारमा राम्रो प्रभाव पारेको र करिब २५ सय जनालाई रोजगारी दिन सफल भएकोमा खुशी ब्यक्त गरेका छन् । तर बजारमा केहि तत्व नकरात्मक भ्रम छर्न लागि परेको भन्दै उनले दुखेसो पनि ब्यक्त गरे । 

यता, पछिल्लो समय नेपालीहरुको खुसीको माध्यम बनेको नेपाली प्रिमियर लिगमा पनि यो कम्पनीले आठ मध्ये सात टोलीलाई प्रायोजन गरेर सकरात्मक सन्देश दिएको पाइन्छ । त्यति मात्रै होइन्, कम्पनीले महानायक राजेश हमाल र क्रिकेटर सन्दीप लामिछाने सहितका अन्य क्रिकेटरलाई ब्रान्ड एम्बेस्डर बनाएको छ । नेपाली बजारमा ग्राहकको मन जित्दै गएको म्याक्स टाइगरले ग्राहक पुरस्कार अभियान निरन्तर जारी राख्ने घोषणा गरेको छ । यस्तोमा म्याक्स टाइगर खोल्दा ककनीका प्रदीप लामाले कार जिते–अब मोटरसाइकल र स्कुटर जित्ने पालो तपाईको ! 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update