News 24 Television
लुम्बिनी र सुदुरपश्चिको फाइनल भिडन्त, ट्रफीमा कसको ? दिपेन्द्र र रोहितमा को अब्बल ?

काठमाडौं । एनपीएल सिजन ३ शनिबार सम्पन्न हुँदैछ । फाइनल खेलमा लुम्बिनी र सुदुरपश्चिम भिड्नेछन् । च्याम्पियनको टुंगो लागेपछि सिजन ३ विधिवत रुपमा सकिनेछ । 

कार्तिक ९ गतेबाट सुरु भएको प्रतियोगिता समापनको संघारमा पुगेको हो । ३२ खेलको प्रतियोगितामा फाइनल खेल कसले जित्ला ? चिन्ता र चासे बढिरहेका छन् । 

नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ को ग्राण्ड फाइनल शनिबार हुँदैछ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदुरपश्चिम रोयल्स नै उपाधी भिडन्तमा उत्रिनेछन् । 

दुई चिरपरिचित टोली विचको फाइनल खेल हेर्न १३ हजार हाराहारी दर्शक मैदानमै उत्रिनेछन् । लोखौँ दर्शकले टिभि र अनलाइनका माध्यमबाट खेल हेर्न कुरामा दुुई मत छैन् । लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् भने सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरी ।

सुदुरपश्चिमका रणनीतिकार तथा मुख्यप्रशिक्षकमा मिसबाह उल हक छन् । लुम्बिनीका टिनु योहानन रणनीतिकारको भुमिका छन् । दुबै टोलीको उदेश्य एउटै हो ट्रफी उचाल्ने । आउनुहोस् समग्र प्रतियोगिताको प्रदर्शन, टिम स्वाड र सम्भावित नतिजा बारे चर्चा गरौँ ।

लुम्बिनी लायन्स 

साविक विजेता लुम्बिनी लायन्सले लिग–चरणमा ७ खेल खेल्दा ५ खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेर ११ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहँदै क्वालिफायर १ मा पुगेको हो । लिगचरणमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको यो टोलीले क्वालिफार १ मा सुदुरपश्चिम रोयल्सलाई ६ विकेट पराजित गर्दै फाइनलमा पुगेको हो । बलिङ, ब्याटिङ र फिल्डिङमा समान देखिएको लुम्बिनी सबै हिसाबले पूर्ण टोली देखिएको छ । फाइनल खेल्न मैदानमा उत्रिदा लुम्बिनी लगातार दोस्रा पटक ट्रफी उचालेर रेकर्ड राख्ने रणनीतिमा हुनेछ । 

सुदुरपश्चिम रोयल्स 

साविक उपविजेता टोली सुदुरपश्चिम रोयल्सले लिग–चरणमा ५ खेलमा जित र दुई खेलमा हार ब्यहार्दै १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायर १ मा स्थान सुरक्षित गरेको हो । क्वालिफायर १ मा लुम्बिनीसंग ६ विकेटको हार ब्यहोरेको सुप क्वालिफायर २ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

यो टोली लगातार तेस्रो पटक फाइनल पुग्ने एक मात्रै टोली पनि हो । लुम्बिनीसंग बदला लिने रणनीतिका साथ सुदुरपश्चिम मैदानमा उत्रिनेछ । 

बलिङ र फिल्डिङमा अब्बल देखिएको यो टोली ब्याटिङमा संघर्षरत छ । सुप ट्रफीका साथ नयाँ इतिहास रच्दै समर्थकलाई खुसी बाँड्न चाहान्छ । 

हेड टु हेडमा लुम्बिनी हाबी 

हेड टु हेड नतिजामा लुम्बिनी लायन्स हाबी छ । अहिलेसम्म ५ खेलमा आमनेसामने हुँदा समान लुम्बिनीले ३ खेलमा जित निकाल्दा सुपले २ खेलमा जित हात पारेको छ । रोचक कुरा के छ भने पछिल्ला ३ खेलमा लुम्बिनीले एकलौटी जित हासिल गरेर सुदुर माथि दबाब सिर्जना गरेको छ । 

अब नतिजा हेरौँ 

पहिलो संस्करणको भेटमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो । दोस्रो संस्करणको लिग–चरणमा सुदूरपश्चिमले ७ विकेटको जित हासिल गरेको थियो । तर दोस्रो सिजनको फाइनलमा लुम्बिनीले सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्दै सुदुरको च्याम्पियन बन्ने सपना चकनाचुर पर्यो ।

पराजय व्यहोरेको सुदूरपश्चिम तेस्रो संस्कारणको लिग–चरणमा लुम्बिनीसंग ७ विकेटले हुँदा क्वालिफायर १ मा ६ विकेले पराजित भयो । 

पछिल्लो खेलमा लुम्बिनीले डोमिनेट गर्दा शनिबारको फाइनल खेलमा गहिरो चोट दिने सुदुरपश्चिको राणनीति हुनेछ । पछिल्ला पाँच खेलमा दुबै टोलीले समान चार खेलमा जित हात पार्दा समान एक खेलमा हार ब्यहोरेका छन् । 

लुम्बिनीको बलियो पक्ष र चल्न सक्ने खेलाडी 

तेस्रो सिजनको एनपीएलमा लुम्बिनी साइलेन्ट किलरको रुपमा देखा प¥यो । ठुला नामको पछि भन्दा पनि रणनीति र खेलाडीमा विश्वास र भरोसा ग¥यो । जसका कारण लगातार फाइनलको यात्रा तय गर्न सफल भयो । यो टोलीको बलियो पक्ष भनेको सबै खेलाडीमा विश्वास र भरोसा गर्नु हो । कुनै एक खेलाडीमा निर्भर छैन् यो टोली । 

बलियो पक्ष भने बलिङ नै हो । रुवेन ट्रम्पलम्यान, शेर मल्ल, अभिषेष गौतम र किशोर महतोले दमदार बलिङ गरिरहेका छन् । प्रतियोगितामा शेरले अहिलेसम्म ११ विकेट लिएका छन् । उनको मिस्री स्पिन फाइनलमा बलियो हतियार हुने कुरामा हुईमत छैन् । 

ट्रम्पलम्यानले १० विकेट, महतोले ९ विकेट लिँदा गौचमले ७ विकेट लिएका छन् । उसो त यो टोलीको ब्याटिङ पनि मध्यम मान्न सकिन्छ । क्वालिफार १ मा सुपलाई पराजित गर्दा निरोसन डिक्वेलाले ५९ रनको नटआउट विजयी इनिङ खेलेका थिए । 

समग्रमा उनले १५० सन बनाइसकेका छन् । उनका अलवा डार्सी सट ब्याटिङमा मुख्य हतियार हुन् । उनले प्रतियोगितामा १४८ रन बनाएका छन् ।

कप्तान रोहित पौडेलले ब्याटबाट रन आउन सकेको छैन् । ओपनर आशिफ शेख, तल्लोक्रममा सन्दीप जोरा र दिलिप नाथ माथि लुम्बिनीले भरोसा गर्नेछ ।

सुदूरपश्चिमको बलियो पक्ष र चल्न सक्ने खेलाडी
 
लगातार फाइनल हारको चोटलाई शक्तिमा बदल्दै च्याम्पियन बन्ने दाउमा रहेको सुदुरपश्चिमको मुख्य हतियर बलिङ र फिल्डिङ बनेको छ । स्कट कुग्लेइन यो टोली मुख्य हतियार हुन् । प्रतियोगितामा १३ विकेट लिसकेका उनी एनपीएल इतिहासका सर्वाधिक विकेट टेकर हुन् । अर्कातर्फ हेमन्त धामीले पनि राम्रो गरिरहेका छन् । 

धामीले ७ विकेट लिएका छन् । सुपका लागि कुग्लेइन र धामी बलिङमा भरोसायोग्य पात्र हुन् । यी दुईका अलवा अनिल खरेल र कप्तान दिपेन्द्रको स्पिन जोडी पनि बबाल जमेको पाइन्छ । खरेलले १० विकेट लिँदा दिपेन्द्रको नाममा ६ विकेट छ । 

सुपको ब्यािटङ त्यति राम्रो बन्न सकिरहेको छैन् । कप्तान दिपेन्द्र बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले खेलकौशलता देखाउन सकेका छैनन् । दिपेन्द्रले प्रतियोगितामा २१७ रन प्रहार गर्दै सर्वाधिक रनको छैटौँ स्थानमा छन् । बलिङ, ब्याटिङ, फिल्डिङ र कप्तानीमा अब्बल दिपेन्द्र प्रतियोगिताको महत्वपूर्ण पुरस्कार कारका प्रमुख दाबेदार पनि हुन् । 

उनी माथि ठुलो नजर हुनेछ । उनका अलवा सपको ब्याटिङमा थरिन्दु रत्नानायकेले क्वालिफायर २ मा नायकी प्रदर्शन गरेर ब्याटिङ सन्तुलित बनाउने प्रयार गरेका छन् ।

विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डेको ब्याटबाट सोचअनुसार रन आउन सकेको छैन् । जुन एक मुख्य कमजोरी हो । 

क्वालिफायर दुईबाट फाइनल पुगेको यो टोली ट्रफी जित्नका लागि सम्पूर्ण शक्ति प्रयोग गर्नेछ । यस्तोमा लुम्बिनी लगातार च्याम्पियन बन्ने की सुदुरपश्चिमले नयाँ इतिहास रच्ने, हेर्न बाँकी छ । 

टिकेटिङ तनाव

एनपीएलको फाइनल हेर्नका लागि इसेवाबाट टिकट लिन  खोज्नेहरुले सास्ती व्यहोरेपछि अनेक विवाद र चर्चा शुरु भएको छ। एनपीएलको टिकट खुल्न वित्तिकै काट्न खोज्दा समेत उपलब्ध हुन नसकेपछि दर्शकले आक्रोश पोखिरहेका छन् । 

टिकेटिङ पाट्नरमाथिको प्रश्न र आशंकाले एनपीएलको फाइनल खेललाई विवादमा तान्ने खतरा समेत देखिन्छ। यद्यपी प्राविधिक रुपमा हुने यस्ता गडबडीलाई साम्य पार्न भने आवश्यक देखिन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update