News 24 Television
२० भेराइटीका अचारसँगै ५० भेराइटीमा बोता मोमो सञ्चालन

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित हात्तीगौंडामा बोता मोमो सञ्चालनमा आएको छ । ५० भन्दा बढी भेराइटीका मोमोको स्वाद पस्किने गरि सञ्चालनमा ल्याएको छ । विभिन्न ठाउँमा एक सय भन्दा बढी ब्रान्चहरु स्थापना गर्ने गरि बोता मोःमो सञ्चालनमा ल्याइएको छ । 

मोःमो नेपाली खाजाको लोकप्रिय परिकारमध्ये एक हो । पछिल्लो समय मोःमेका विभिन्न स्वाद र परिकारप्रति उपभोक्ताको आकर्षण पनि बढ्दै गएको छ । 

यही आकर्षणलाई लक्षित गर्दै केही समय बन्द रहेको काठमाडौंको बुढानिलकण्ठस्थित हात्तीगौतामा चर्चित मःम ब्रान्ड बोता मःम पुनः सञ्चालनमा आएको छ । बोता मोमोप्रति देखिएको आकर्षणले  उत्साहित बनाएको र देशभर एक सय भन्दा बढी ब्राण्ड स्थापना गर्ने सञ्चालनको योजना छ । 

बोता मोमोमा ५० भन्दा बढी भेराइटीका परिकारमा ग्राहकले आफ्नो रुचि र स्वादअनुसारस्वाद लिन सक्ने सञ्चालकको भनार्य छ । 

मोमोका साथमा २० भन्दा बढी प्रकारका अचार उपलब्ध हुने भएकाले मोःमेको स्वादलाई थप फरक र आकर्षक बनाउने अपेक्षा गरिएको छ । यसअघि बन्द भई पुनः सञ्चालनमा रहेको बोता मोमोले विगतको विश्वास फर्काउने विश्वास ब्यक्त गरेको छ ।  

पछिल्लो समय काठमाडौंमा मःमका परिकारलाई फरक शैलीमा प्रस्तुत गर्ने र नयाँ स्वाद थप्ने क्रम बढिरहेको छ । यस्तो प्रतिस्पर्धाबीच बोता मःमले पनि विविध परिकार र अचारका विकल्पमार्फत ग्राहकको रोजाइमा पुनः स्थान बनाउने प्रयास गरेको छ । 

कोभिड महामारीका बेला बोता मोमो बन्द भएको थियो । पछिल्लो समय मोमोप्रतिको आकर्षण बढिरहेकाबेला ब्यवसायीहरुले लगानी बढाइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update