प्रधानमन्त्री र ओलीबीच छलफल, एमाले आउला त मोर्चामा ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रवार अपरान्ह प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ओलीले समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए ।
शुक्रवार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० १७:२५
प्रतिक्रिया दिनुहोस्
