काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका १९ सहकारीमध्ये १८ सहकारीबाट मात्रै हाल सम्म २३ अर्ब भन्दा बढी बचत रकम बचतकर्ताले फिर्ता पाउनु पर्ने सरकारी अभिलेख छ ।
यसले सहकारीको माध्यबाट बचतकर्ताहरुको ठुलो रकम सञ्चालकहरुले अपचलन गरेको तथ्यलाई पुष्टि गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको तथ्यांक अनुसार समस्याग्रस्त घोषणा भएका १९ सहकारी मध्ये १८ सहकारीमा मात्रै ५० हजार ३ सय ७४ बचतकर्ताको २३ अर्ब ५३ करोड ७७ लाख १५ हजार १ सय ४२ रुपैयाँ बचत रकम हिनामिना भएको छ ।
सहकारी समस्या विकराल बनिरहेको बेला सरकारले बिहिबार सहमति गरेको छ । सहमति पछि पीडितहरु सरकारसँगको सहमति पछि तत्काललाई पर्ख र हेरको अवस्थामा रहेका छन् भने राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गरेर पीडितको माग सम्बोधन गर्ने सहकारी विभागको भनाइ छ ।
यसरी सरकारले तत्काल बचतकर्तासंग सहमती गरेपनि समस्याको समाधान होला ? आशंका भने छ ।
निक्षेपकर्ताको करोडौं रकम हिनामिना गरेका यी सहकारीको समाधान राज्यले कसरी खोज्ला यो चासोको बिषय बनेको छ ।
कुन सहकारीमा निक्षेपकर्ताको कति रकम हिनामिना भएको छ ?
१. कुबेर बचत तथा ऋण सहकारी संस्था
१० जना बचतकर्ताको ५७ लाख ६३ हजार ४ सय ६७ रुपैयाँ
२. स्टयाण्डर्ड मल्टिपर्पाेज को–अपरेटिभ लिमिटेड
१६ जना बचतकर्ताको ७५ लाख २८ हजार ८ सय २४ रुपैयाँ
३. स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
१ सय ७५ बचतकर्ताको ११ करोड ८९ लाख ३ हजार ८ सय २८ रुपैयाँ
४. प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड
३ सय ५२ जना बचतकर्ताको ४८ करोड ७३ लाख ९८ हजार ९ सय १३ रुपैयाँ
५. सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२ सय ४० बचतकर्ताको १० करोड ८७ लाख ४१ हजार २ सय ४३ रुपैयाँ
६.प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१ सय ३८ जना बचत कर्ताको १३ करोड २० लाख ८९ हजार ९ सय २७ रुपैयाँ
७. चार्टड सेभिङ एण्ड त्रेडिट को–अपरेटिभ लिमिटेड
१४ बचतकर्ताको ८४ लाख ११ हजार ४ सय ९४ रुपैयाँ
८ लुःनिभा बहुउदेश्यीय सहकारी संस्था लि
२ सय १४ जना बचतकर्ताको ११ करोड ७४ लाख ४४ हजार २६ रुपैयाँ
९ ओरेण्टल को–अपरेटिभ लिमिटेड
४ हजार २ सय ५९ जना बचतकर्ताको ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८ सय ६२ रुपैयाँ
१० कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिभिटेड
५६ जना बचतकर्ताको ४ करोड ३४ लाख ७८ हजार २ सय ५२ रुपैयाँ
११ कोहिनुर हिल सेभिङङएण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
५१ जना बचतकर्ताको २ करोड ४१ लाख ७१ हजार ८ सय ९९ रुपैयाँ
१२ भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१७ जना बचतकर्ताले १ करोड ६५ लाख ४४ हजार ७ सय ११ रुपैयाँ
१३ पशुपती सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
९ सय ८४ बचतकर्ताको १ अर्ब ३ करोड ८३ लाख ७९ हजार ८९ रुपैयाँ
१४ तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
५ हजार ३ सय ८१ जना बचतकर्ताको १ अर्ब ४४ करोड ६९ लाख ३ हजार ८ सय ४५ रुपैयाँ ।
उजुरीको क्रम चलिरहेकाले रकम बढ्न सक्ने सहकारीहरु
१५ शिवशिखर बहुउद्देशिय सहकारी संस्था लिमिटेड
३२ हजार ५ सय ४७ बचतकर्ताको ९ अर्ब ६३ करोड ९९ लाख २ हजार एक सय ६९ रुपैयाँ ।
१६ हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेड
२८ जना बचतकर्ताको ३ करोड ९९ लाख २२ हजार १ सय २६ रुपैयाँ ।
१७ कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेड
१ हजार ८ सय ८ जना बचत कर्ताको २ अर्ब २४ करोड ८२ लाख ७३ हजार ३२ रुपैयाँ ।
१८ कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड
४ हजार ८४ जना पीडितहरुले ४ अर्ब ८६ करोड ६८ लाख ४५ हजार ४ सय ३५ रुपैयाँ ।
१९ श्री लालि गुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेड
यो सहकारी गत फागुन २९ गते मात्रै समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरिएकाले यसको कार्यालय सिल गर्नेदेखि सञ्चालकको खाता रोक्काको प्रक्रिया र बचतकर्ताहरुको उजुरी लिने प्रत्रिया अगाढि बढेको छ ।
त्यसैले कति बचतकर्ताको रकम अपचलन भएको छ भन्ने तथ्यांक निस्किन केही समय लाग्ने कार्यालयको भनाई छ ।
यसरी बचतकर्ताको रकम हिनामिना गरेका सहकारी मध्ये कुवेरबचत तथा ऋण सहकारी, स्टाण्र्ड मल्टिपर्पाेज को–अपरेटिभ र चार्टडसेभिङ एण्ड क्रेडिट को–अपरेटिभ को भने हिसाबकिताब समस्याग्रस्त सहकारीको व्यवस्थापन समितिको कार्यालयले राफसाफ गरेको छ । भने अन्यको अझै प्रक्रियामै छ । १८ सहकारी यो तथ्याक हेर्दा ठुलो रकम बचतकर्ताहरुले फिर्ता पाउनु पर्ने देखिन्छ ।
देशभर करीब ५ सय सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नदिएको सहकारी पीडितहरुको भनाई छ ।
