News 24 Television
आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टसमा

काठमाडौं । टेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपाल विच हुने क्रिकेट प्रतियोगिताका खेलाहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण गर्ने छ

नेपाल को राष्ट्रिय टोली गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।

त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ । 

त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरु भने चैत २१, २३ र २५ गते हुने छन् । 

प्रतियोगिताका सवै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update