काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका ४ नालास्थित सेतो मछिन्द्रनाथ लोकेश्वर नाला करुणामय मन्दिरको जग्गा दान दिनेबाटै मिचिएको छ । स्थानीय अमृतलाल श्रेष्ठले मन्दिरको जग्गामा नीजि बाटो निर्माण गरेर जग्गा मिचेका हुन् ।
काभ्रेको बनेपा नगरपालिका ४ नालामा रहेको लोकेश्वर नाला करुणामयी मन्दिरको जग्गा मिचेर स्थानीय अमृतलाल श्रेष्ठले व्यक्तिगत प्रयोजनका लागि बाटो निर्माण गरेका छन् । उनको बुवाले २०३१ सालमा मन्दिरमा जाने बाटोका लागि भन्दै दान दिएको साढे तीन मिटर भन्दा बढी जग्गा नीजि प्रयोजनका लागि प्रयोग गर्ने गरी खालि रहेको जग्गामा घर निर्माण गर्दै मिचेको स्थानीयहरुको आरोप छ ।
करुणामयको जात्रा सञ्चालनका लागि बाटो नपुगेपछि मन्दिरको नाममा अमृतका बुवाले करिब साढे तीन मिटर जग्गा दान गरेको शिलापत्रमा समेत उल्लेख छ । दान दिएपछिको बाँकी जग्गामा अहिले अमृतले घर निर्माण गर्न शुरु गरेका छन् । तर उनले घर निर्माण गर्दा दान दिएको सबै जग्गा उनको नीजि बाटो बन्ने गरी निमार्ण भईरहेको स्थानीयहरु बताउँछन् । मन्दिरका लागि बुवाले दिएको जग्गा छोराले यसरी हडप्ने प्रयास गरेकाले स्थानीयहरुले उक्त जग्गाबारे छानबिन हुनुपर्ने बताउँछन् ।
बुवाले मन्दिरलाई दान दिएको जग्गालाई किन यस्ता भन्दा अमृतले व्यक्तिगत रिसिबीका कारण आफुलाई दुख दिने नियत राखेर मुद्धा मामिलासम्म गरेको बताउँछन् ।
अमृतलाले स्थानीयले आफुलाई दुःख दिएको बताइ रहदाँ स्थानीयले भने अमृतले मन्दिरको जग्गा नीजि प्रयोजनका लागि प्रयोगमा ल्याउने गरी घर निर्माण गरेको बताउँछन् । वुवाले मन्दिरलाई दिएको जग्गा छोराले नीजि प्रयोजनका लागि मिच्दा मन्दिरका लागि जग्गा दिएका अन्य दानबीरहरुका सन्ततीले पनि मन्दिरको जग्गामा आफ्नो हक लाग्ने भन्दै नआउलान् भन्न सकिन्न । त्यसैले यसबिषयमा स्थानीय सरकार र सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।
