News 24 Television
एमाले उपाध्यक्ष विष्णु पौडेल पनि गए चीन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पनि आज चीन भ्रमणका लागि गएका छन् ।

  चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेकाे उनको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ । 

 उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएकाे छ ।

यसअघि उपप्रधान एवंम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा गएका छन् । उनको ९ दिनको चीन भ्रमणमा कुनै पनि सम्झौता वा सहमतिमा हस्तक्षर गर्ने एजेण्डा नभए पनि यी कम्युनिस्ट नेताहरूकाे चीन भ्रमणलाइ चासोका साथ हेरिएको छ ।

गएको फागुन २१ गते एमाले-माओवादी गठबन्धन बनेपश्चात उच्च राजनीतिक एवंम कूटनीतिक स्तरमा भएका यी दुवै भ्रमणलाई सरकारका गतिविधिसँग जाेडेर समेत विश्लेषण भइरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update