News 24 Television
७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा उद्यमी खुशी

ललितपुर । ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० हेरिटेज गार्डेन सानेपामा सञ्चालन भइरहेकाे छ । यही चैत  १६ गतेदेखि सुरु भएकाे उक्त मेला २० गतेसम्म चल्नेछ । महिला उद्यमी महासंघको आयोजनामा सम्पन्न मेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । 

मेलाले विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने आयोजकको विश्वास छ । महासंघकी उापध्यक्ष महालक्ष्मी श्रेष्ठले अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेलाले उद्यमी महिलाहरूको सिपलाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउ पुर्याउने बताइन् । 

21818c42-479c-4259-9ba9-9d3baf58f442-1711974007.jpg
 

मेलामा सहभागी हुन पाउँदा उद्यमीहरु पनि खुशी छन् । ४ जना उद्यमीले सञ्चाल गरेको यो डिजिटल टेक्स्टायल प्रिण्टीङ नेपालकै पहिलो डिजिटल प्रिन्ट हो । यो कम्पनीले २०१८ देखि पश्चिमिना र कटनका सामग्रीमा प्रिण्ट उत्पादन गर्दै आएको छ । मेलामा आफ्नो उत्पादन अरुलाई देखाउन र अरुको उत्पादन अवलोकन गरेर धेरै कुराहरु सिक्ने मौका मिलेको प्रतिक्रिया डिजिटल टेक्स्टायल प्रिण्टीङका सञ्चालकउद्यमी हरिहर ढुंगानाले दिए ।

मेलामा जम्मा ११२ वटा स्टलहरू रहेका छन् । स्वदेशका महिला उद्यमी मात्रै नभएर भारत, पाकिस्तान, बङ्गलादेश लगायतको मुलुकका महिला उद्यमीहरू पनि अवलोकनमा सहभागी भएका थिए । मेलामा करिब ५० हजार अवलोककर्ताको सहभागिता हुने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update