News 24 Television
गृहमन्त्री भन्छन्– ‘प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन’

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे । 

उनले समाचारमा आउने सबै कुरा सत्य नहुने भन्दै सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह समेत गरे । एक पत्रिकामा समाचार छापिनेबित्तिकै दोष प्रमाणित नहुने उनको भनाइ थियो ।

‘समाचार आएपछि पुग्यो, तपाईहरुले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेशन राखेर ठगीमा ? भनेर क्वेशन राखिदिएको हो की, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘साथीहरु त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबैजना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भनेत सकिहाल्यो । होइन, तपाईहरुको अन्य साथीहरुले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरु अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेशन मार्क राखेको छ, क्वेशन त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update